Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काठमाडौं महानगरपालिका १४ वटा सामुदायिक विद्यालयमा कोड क्लब कार्यान्वयनमा


२०, जेठ २०८०
  • 202
    SHARES
  • काठमाडौं महानगरपालिका १४ वटा सामुदायिक विद्यालयमा कोड क्लब कार्यान्वयनमा

    काठमाडौं। काठमाडौं महानगरपालिका १४ वटा सामुदायिक विद्यालयहरूमा कोड क्लब कार्यान्वयनमा आएको छ। सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले १४ वटा विद्यालयमा कोड क्लब कार्यान्वयन गरेको हो ।  

    डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवर्दन गर्ने उद्देश्यले डिजिटल एण्ड बियोण्डको सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई कम्प्युटर ल्यांग्वेज कोडिंङ्ग सिकाईने महानगरले जनाएको छ। 

    यस्तो सीप सिकिरहेका विद्यार्थीहरूले आफ्नै विद्यालयको वेब साईटको व्यवस्थापनमा समेत सहयोग गर्न थालेका छन् । अवधारणा अवलम्बन गरि सबै विद्यालयहरुमा गूगल वोर्कस्पेस समेत कार्यन्वयनमा ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले बताईन। 

    डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोच बमोजिम महानगरपालिकाले डिजिटल र वियोन्डसँग सहकार्य गरेर प्रत्येक सामुदायिक विद्यालयमा गठन गर्न थालेको छ।  

    यो कोड क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो। यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ ।

    यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुको क्रियाकलापहरू गर्दै आएका छन्।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend