Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र


११, पुस २०८०
  • 223
    SHARES
  • पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र
    गण्डकी । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा परेको हो ।
     
    लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको केन्द्रमा विभिन्न २३ प्रजातिका पशु तथा चराचुरुङ्गीको प्रदर्शन गरिको छ । सो उद्यान केन्द्रको एक वर्षको अवधिमा सात हजारभन्दा बढी पर्यटकले अध्ययन अवलोकन गरेका उद्यान व्यवस्थापन समितिका अध्यक्ष दीननाथ ढकालले जानकारी दिनुभयो ।
     
    उद्यान केन्द्रमा चितुवा, नीलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा, बाँदर, खरायोलगायत २३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउनेछन् । बृहत् पोखराको अवधारणाअनुसार स्थापना गरी सञ्चालनमा आएको उक्त केन्द्रले २०७९ साल पुसदेखि खुला गरिएको केन्द्रले टिकट बिक्रीबाट रु एक लाख ८४ हजार एक सय ९० आम्दानी गरेको उहाँले बताउनुभयो ।
     
    अवलोकन गर्नेमा विद्यार्थीको सङ्ख्या बढी छ । प्रदेश सरकारको व्यवस्थापनमा डिभिजन वन कार्यालय कास्कीले हेर्नेगरी स्थानीयवासी, वन उपभोक्ता समिति र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा १५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको उहाँको भनाइ छ । 
     
    “चिडियाखानाका रूपमा विकास गर्नका लागि यसको निरन्तरता र व्यवस्थित गर्न गुरुयोजना निर्माण गर्नु अपरिहार्य छ”, अध्यक्ष ढकालले भन्नुभयो, “त्यसका लागि तीनै तहका सरकारको विशेष ध्यान पुग्नु पर्दछ ।” गण्डकी प्रदेश सरकारले यस आवका लागि कुल रु ८२ लाख बजेट विनियोजन गरेको जनाउँदै उहाँले यो रकमबाट रु ४० लाख वन्यजन्तु र पक्षीको आहारा र अन्य व्यवस्थापनामा खर्च हुने र रु ४२ लाख खोर मर्मत तथा आवश्यक भौतिक निर्माणमा लगानी गरिने बताउनुभयो ।
     
    उद्यान केन्द्रमा प्रदेश सरकार, डिभिजन वन कार्यालय, लेखनाथ नगरपालिका र युनाइटेड क्लबको गरी लगभग रु पाँच करोड लगानी भइसकेको छ । डिभिजन वन कार्यालयद्वारा केन्द्रमा एक जना व्यवस्थापक र तीन सहयोगी कर्मचारीको व्यवस्थापन गरेको छ । पचघैया सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष एवं व्यवस्थापन समितिका सदस्य वुद्धिबहादुर गुरुङका अनुसार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेपछि सुझाव र सल्लाहका साथै आगन्तुक पुस्तिकामा आफ्नो अनुभव लेख्ने व्यवस्था गरिएको छ ।
     
    चिडियाखानाको व्यवस्थापन र प्रचार प्रसारमा जोड दिनुपर्ने आगन्तुकको सामूहिक सुझाव छ । वन्यजन्तु अवलोकनसँगै यस क्षेत्रका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थल संरक्षण र प्रवर्द्धन तथा थप पर्यटकीय गन्तव्यको विकासमा जोड दिइएको उहाँको भनाइ छ ।
     
    खुला चिडिायाखानासँगै यस क्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलीलगायतका यहाँ धार्मिक क्षेत्रको प्रचार–प्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य रहेको गुरुङले भन्नुभयो । पोखरा–३१ सिमलटुडा र रुपा गाउँपालिका भङगारा जोड्ने रुपातालमाथि निर्मित झोलुङ्गे पुल पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
     
    पोखराका तालमध्येको तेसे ठूलो ताल रुपाको समिपमा पर्ने यस उद्यान केन्द्र रहेको छ । जुन क्षेत्र हावापानी, चरनका लागि उपयुक्त भएको कारण नै परापूर्वकालदेखि साइवेरियाबाट चरा आउने र सन्तान उत्पादन गरेर सँगै लिएर फर्कने प्रक्रिया अहिले पनि निरन्तर चलेको छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइने विभिन्न क्षेत्रका विज्ञले तयार पारेको तथ्याङ्कका उल्लेख रहेको समूहका कोषाध्यक्ष गुरुङले भन्नुभयो । 
     
    युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणका लागि छुट्याउँदै आएको १२औँ संस्करणको पोखरा महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलमा अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । क्लबले चिडियाखाना निर्माणका लागि हालसम्म रु ५८ लाख ८५ हजार हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
     
    बेगनासताल र रुपातालको बीच भागस्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र ३२  पचघैया ९०, चैनपुरको ३४ र चापापानी चिसाकुना सामुदायिक वनको १४ गरी कुल एक सय ३८ हेक्टर क्षेत्रफलमा पैmलिएको उक्त उद्यान केन्द्र पोखराको मुख्य बजारबाट २५ किलोमिटरको दूरीमा रहेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend