Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गढवा गाउँपालिकाद्वारा राप्ती नदीमा र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिदै 


१४, पुस २०८०
  • 274
    SHARES
  • गढवा गाउँपालिकाद्वारा राप्ती नदीमा र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिदै 

    देउखुरी। लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा रहेको राप्ती नदीमा गढवा गाउँपालिकाले र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन कार्य शुक्रबार देखि सुरु गरेको छ। गढवा गाउँपालिकाको आयोजनामा राप्ती नदीमा पर्यटन व्यवसायका लागि र्‍याफ्टीङ सञ्चालनका लागि प्राविधिक टोलीले सम्भाव्यता अध्ययन कार्य सुरु गरेका छन्।

    गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुवाङ पुल्चोक देखी दक्षिण बाट  महदेवा पुल नजिक सम्मको करिव १६ किलोमिटर दुरीमा र्याफ्टिङको परिक्षण गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने राप्ती नदीमा जलयात्रा सञ्चालन (र्‍याफ्टिङ) सुरु भए  पर्यटक भित्र्याउन सकाने बताए।

    गढवा गाउँपालिकालाई केन्द्रबिन्दु बनाई देउखुरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकाश गर्ने उद्देश्यले जलयात्रा (र्‍याफ्टिङ) को सम्भाव्यता अध्ययन कार्य सुरु गरेको बताए । दाङ लगायत अन्य क्षेत्रबाट पनि ठुलो मात्रामा पर्यटक आउने गरेको तर गढवा गाउँपालिका आसपासका क्षेत्रमा पर्यटकहरुलाई रमाइलो गर्न कुनै थलो नभएकोले र्‍याफ्टिङ सफल भए ब्यवसायीक रुपमा सञ्चालन गर्ने गरी छिमेकी पालिकाहरु संग समन्वय गरी रहेको समेत अध्यक्ष पोख्रेलले जानकारी दिए ।

    नदीको बहाव र साइड सिनलगायत प्राविधिकरुपमा भालुवाङ पुलचोक देखि महदेवा पुल सम्म र्‍याफ्टिङ चलाउन सकिने कर्णाली राफ्टिङ एण्डभेन्चर प्राली प्रबन्ध निर्देशक देवराज जैसीले बताउँछ । पहिलो दिनको परिक्षण एकदम सफल भएको बताउदै प्रबन्ध निर्देशक जैसी देउखुरीको राप्ती नदिमि बच्चा बच्ची , बयस्क र बृद्ध बृद्धा लगायतकाले  सजिलै र्‍याफ्टिङ गर्न सकिने बताए।

    कर्णाली र्‍यापटिङ्ग इडभाइजर प्रालिका  देबराज जोशीले राप्ती नदीमा व्यवसायिक र्‍याफ्टीङ सञ्चालन गर्न कुनै समस्या नरहेको बताए। र्‍यापटिङ्ग सञ्चालनका लागि चाहिने पानीको मात्र र नदीको बाहब एकदमै उपयुक्त रहेकोले व्यवसायिक र्‍यापटिङ्ग सञ्चालन गर्न कुनै समस्या नरहेको जानकारी दिए। 

    राप्ती नदीमा र्‍याफ्टीङको ठुलो सम्भावना रहेको बताउदै पालिकाले चाहे सञ्चालनका लागि स्थानीय युवाहरुलाई तालिमको व्यवस्था गरी दिर्घाकालीन रुपमा र्‍याफ्टिङ सञ्चालनका लागि आफुले भरपुर सहयोग गर्ने बताए ।कर्णाली राफ्टिङ एण्डभेन्चर प्राली प्रबन्ध निर्देशक देवराज जैसी, बिक्रम डिएम, प्रकाश ठाकुर, लक्ष्मी जैसीको प्राविधिक टोलीले परिक्षणका लागि  राप्ती नदीमा दुई वटा बोट चलाएर परिक्षण गरेको हो।

    पहिलो दिनको र्‍याफ्टिङ परिक्षणका लागि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल , राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, राप्ती गाउँपालिका३, नम्बर वडा अध्यक्ष उमेश अधिकारी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, भालुवाङ होटेल व्यवसाय समितीका सचिव दुर्गाप्रसाद पन्थी, राप्ती उद्योग बाणिज्य संघका सदस्य बसन्त गिरी लगायत टोलि सहभागी थिए ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend