पोखरा । पोखरामा करिब दुई साता देखि बन्द भएकोे साहसिक खेल प्याराग्लाइडिङ पुनः सुचारु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यवसायी बिच छलफल पछि प्याराग्लाइडिङ पुनः सुचारु गर्ने बिषयमा सहमती भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए।
क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठ, नाका अध्यक्ष भट्टराई, ४४ वटा र १३ वटा कम्पनीका व्यवसायी र पाइलट क्लवका पदाधिकारीहरु बिच भएको छलफलमा अबदेखि प्याराग्लाइडिङ संचालन गर्ने मुल्यको बिषयमा आफुखुसि लिने भएको बताइएको छ ।
गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मुल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको बिबाद नाले मिलाउन नसके पछि क्यानले तत्कालले पोखराको प्याराग्लाईडिङ स्थगित गर्न सूचना जारी गरेको थियो ।
क्यानबाट पोखरामा आधिकारीक रुपमा प्याराग्लाइडिङ गर्ने अनुमति प्राप्त हुन साथ व्यवसायीले प्याराग्लाइडिङ उडान गर्ने भएको अध्यक्ष भट्टराईले जनाए ।
यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने त्यो मुल्य केही समय अघि प्याराग्लाइडिङलाई प्रबद्र्धन गर्न बिषेश छुटमा ३ हजारसम्ममा उडान भएको थियो । पोखरामा करिब ५५ कम्पनीहरु रहेका छन्। पोखरामा व्यवसायीक ३ सय प्याराग्लाइडिङ पाइलटहरु रहेका छन भने करिब पचास प्रतिशत मात्र टेण्डम फ्लाईट गर्दै आएका छन्।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसंगै पोखराको प्याराग्लाइडिङ सराङकोट र तोरीपानीबाट बिस्थापित भई मान्द्रेढुंगामा स्थान्तरण गरिएको थियो । हाल व्यवसायीहरुको मागको आधारमा क्यानले तोरीपानीबाट पुनः अनुमति दिएको थियो । भने अहिले पोखरा १८ को तोरीपानीबाट उडान गर्दै आएका थिए ।