बुटवल । पाचौँ बुटवल सडक खाना महोत्सव २०८० को आज विशेष कार्यक्रमका उदघाटन सम्पन्न भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सघं रुपन्देहीले शनिबार बुटवलमा ”नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरेकोे छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले ब्यवसायीको उन्नति र प्रगति लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे,उदयोग तथा यातायात मन्त्री सरोज थापा, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ,प्रदेश सभा सदस्य जबुना ढकाल,बुटवल उप महानगरपालिका प्रमुख खेलराज पाण्डे,तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता होटल तथा रेष्टुरेन्ट ब्यवसायी सघं रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले गर्नुभएको थियो साथै कार्यक्रमको सन्चांलन महासचिव अर्जुन थापाले गर्नुभएको थियो ।
