बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गतेबाट लुम्बिनी एक्स्पो अन्तराष्ट्रिय ब्यपार मेला बुटवल मण्डपमा संचालन भईरहेको छ ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु प्रदर्शनी स्थल पुग्ने गरेका छन् । मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा दर्शकहरुको घोईचो लागेको छ ।

मेलाको १० औँ र ११ औँ दिनमा सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक रहेको थियो । हालसम्म ५ लाखभन्दा बढि दर्शकले मेलाको अबलोकन गरेको रुपन्देही व्यापार संघका महासचिव तथा एक्स्पोका सदस्य सचिव दयानिधि भण्डारीले जानकारी दिनुभयो । मेलामा करिव १० करोडको आर्थिक कारोवार गर्ने लक्ष्य राखीएको र सो लक्ष्य मेलाकाे समापनसम्म पूरा हुने उहाँकाे भनाई छ ।
एक्स्पो यहि पाैष १८ गतेसम्म संचालन हुनेछ ।



