Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुरुकुल चलाउन तीस लाख अनुदान


१७, पुस २०८०
  • 176
    SHARES
  • गुरुकुल चलाउन तीस लाख अनुदान

    अर्घाखाँची । जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पहलमा पशुपति क्षेत्र विकास कोषले संस्कृत विषय अध्यापन हुने विद्याश्रमलाई अनुदानस्वरुप रु ३० लाख प्रदान गरेको हो ।

    राज्यमन्त्री सिर्पालीले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक भेषराज चुदाँलीलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोष स्थापना गरी विद्यालयको खर्च चलाउने प्रधानाध्यापक चुदालीले बताउनुभयो । 

    पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि सबै स्थानीय सरकारको ध्यान जान जरुरी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभएको छ । कक्षा ६ देखि १० सम्म  पढाइ हुने वेदविद्याश्रममा ४५ जना वटुक अध्ययनरत छन् ।

    अष्ट चिरञ्जीवीको पूजा गरेर आफ्नो जन्मोत्सव मनाउने नेपालको मौलिक संस्कृति क्रमशः लोप हुँदै गएको तथा केक काटेर जन्मदिन मनाउने गलत परम्पराको थालनी भएको अवस्थामा संस्कृति र संस्कारको संरक्षणमा विद्याश्रमबाट योगदान पुगेको सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताउनुभयो । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend