Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घबीच छलफल


१८, पुस २०८०
  • 164
    SHARES
  • शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घबीच छलफल

    काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० बारे छलफल भएको छ । समिति र नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको हो । 

    समितिले आजदेखि महासङ्घ तथा आवद्ध घटक संस्थासँग सुझाव लिन थालेको हो । आजको बैठकमा महासङ्घका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने तथा छुटेका थप विषयलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

    उहाँहरुले स्थानीय तहबाट शिक्षक नियुक्तिको प्रस्ताव हटाउनेलगायत ६१ बुँदे थप माग प्रस्तुत गर्दै शिक्षकको ट्रेड युनियन अधिकारको रक्षाका साथै राजनीतिक आस्थाका आधारमा विभेद गर्न नहुनेमा जोड दिनुभयो । 

    समितिका सभापति भानुभक्त जोशीले शिक्षक र विद्यालय कर्मचारीका अन्य संस्थासँग थप सुझाव लिने क्रम आगामी बैठकमा जारी रहने जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले स्थानीय तहले शिक्षकलाई कारबाही र गैह्रकानुनी सुरुवा नगरेको स्पष्ट गर्दै केन्द्रबाट आवश्यक सहजीकरण हुने स्पष्ट गर्नुभयो । 

    प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा गएको हो । सरकारले संसद्मा विधेयक दर्ता गरेपछि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गरेपछि गत असोज ५ र १० गते भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend