Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

घुम्नै पर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औँ नम्बरमा मुस्ताङ(तस्बिरहरुसहित)


२५, पुस २०८०
  • 426
    SHARES
  • घुम्नै पर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औँ नम्बरमा मुस्ताङ(तस्बिरहरुसहित)

    मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औँ नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ । वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुने गर्छ । मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कागबेनी पर्यटकको रोजाइमा पर्छ । तर मुस्ताङका हरेक स्थान घुम्न लायक छन् । 

    जोमसोम भन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरूले झनै रोमाञ्चक अनुभूति गर्न सक्छन् । खुल्ला र पठार क्षेत्र रहेको लोमान्थाङको सिरसिरे बतास, हिमाली मरुभूमि, ऐतिहासिक केभ(गुफा)हरू, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल–चीनको सीमा नाका कोरोला नजिकैका सेताम्मे समथर फाँटहरूको यात्रालाई जीवनभरका लागि अविस्मरणीय बनाइदिन्छ ।

    कालिगण्डकी नदीको तिरैतिर उराठ डाँडाहरू पार गर्दै पुगिने लोमान्थाङ साहसिक यात्रीहरूका लागि एउटा अब्बल गन्तव्य बनिरहेको छ । सन् १९९० को दशकयता मात्र विदेशीका लागि खुला गरिएको यहाँ पुग्दा मन साँच्चै रोमाञ्चक हुन्छ ।

    आँखै अगाडि देखिने निलगिरी र धौलागिरि हिमालको दृश्यले मन चञ्चल बनाइदिन्छ । र प्राचीन गुफाहरूले ध्यान खिच्छ । तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य बनिसकेको तल्लो मुस्ताङपछि  सँगै माथिल्लो मुस्ताङ र मुस्ताङ्गी राजाको दरबार रहेको लोमान्थाङ पछिल्लो समय नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।border-china_enp93ZFqge.jpgजोमसोमका होटल व्यवसायी कृष्ण सुवेदी बलिउडका चर्चित कलाकारले फिल्म सुटिङको गन्तव्य मुस्ताङलाई त्यसै मानेका होइनन् भन्दै प्रशंसा गर्छन् । हुन पनि दुई दशक पहिले नै अभिताभ बच्चनले मुस्ताङ टेकेका रहेछन् । 

    सुवेदी भन्छन्,‘कुनै समय फिल्म ‘खुदा गवाह’को सुटिङ गर्न अमिताभ बच्चन, श्रीदेवी, डेनी डेङजोम्पा आउनुभएको यहाँका अग्रजहरुले बताउने गर्नुहुन्छ ।

    उहाँहरूले यहाँका होटल व्यवसायीहरूसँग खिचेका तस्बिरबाट स्पष्ट हुन्छ । किन उहाँहरूले यही ठाउँलाई रोजे तपाईँ आफैँ अनुमान लगाउनुहोस् ?’ हुन पनि मुस्ताङ भनेपछि जोकोही पुग्न लालायित हुन्छन् । फिल्म सुटिङ मात्र होइन कतिपय जोडीको हनिमुन गन्तव्य पनि मुस्ताङ बन्ने गरेको छ ।

    मुस्ताङको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो । मुस्ताङ उक्लिसकेपछि निलगिरी र धौलागिरि हिमाल आँखै अगाडि टल्किरहेको देख्न पाइन्छ । लोमाथान्ङबाट यी हिमाल झनै नजिकै देखिन्छ ।cave_1S6MJLQ2q8.jpgलोमान्थाङ भने साहसिक पदयात्री, घुमन्ते र खोज अनुसन्धानकर्ताहरूका लागि रमाइलो गन्तव्यका रूपमा परिचित छ । त्यसमध्ये हालै मात्र सडक संजालले जोडिएको कोरला नाका र नजिकै रहेको लोमान्थाङ पछिल्लो समय चर्चामा छ ।

    नेपाल–चीनबिचको संवादपछि कोरला नाका खुल्ने तरखरमा छ । कोरलाबाट कैलाश मानसरोवर पुग्न नजिक पर्छ । नाका खुलेपछि मुस्ताङको पर्यटनले थप उचाइ लिने लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ गुरुङ बताउँछन् । 

    उनी भन्छन्,‘मुस्ताङका सबै स्थान घुम्न लायक छन् । त्यसमध्ये लोमान्थाङमा मुस्ताङ्गी राजाको दरबार अवलोकन गर्न धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । अन्नपूर्ण राउन्ट यात्रा सकेर विदेशीहरु लोमान्थाङ आइपुग्छन् ।

    पुरातात्वीक महत्व बोकेको प्राचीन गुफा, राजदरबार, नाकाको समथर भू–भाग, नौलो भू–वनोट र मानिसहरूको रहनसहन हेरेर रमाउने गर्छन् ।’himpath_6N6fHbBvrU.jpgविशाल हिमाली मैदानमा पर्खालले घेरिएका लोमान्थाङका घरहरु आफैंमा आकर्षक छन् । घरका छानामाथि राखिएका दाउराका चाङ, बौद्धमार्गीहरुको झन्डा र तिब्बती संस्कृति हेर्दा रोचक लाग्छ । 

    आदिमकालको गढी र किल्ला मात्र होइन आफूभन्दा होचो स्थानमा देखिने हिमश्रृंखला नियाल्न पाउँदा लोमान्थाङ अनौठो गन्तव्य लाग्न सक्छ । सिरसिर चलिरहने बतासले आनन्द महसुस गराउँछ ।

    पुरातत्त्व महत्वका बस्तुहरूको अवलोकनका लागि यहाँ पुग्नेहरूले दरबार, गुम्बा, किल्ला र मानव बस्तीका गुफा हेरेर नयाँ तथ्य बुझन् सक्छन् । लोमान्थाङ दरबार बाहेक चराङ दरबार र घमी दरबार पनि आकर्षक लाग्न सक्छन् । भेडा चर्ने फाँट र याकहरू घुमन्तेहरूका लागि अझ आकर्षक लाग्छन् । 

    १५औँ शताब्दीताका निर्माण भएका थुप्तेन गुम्बा, मोन्खर दरबार, छयोदेन गुम्बा, झयाम्पाल गुम्बाहरू साँचै रोचक लाग्छन् ।  

    आठौँ शताब्दीतिर तिब्बतका राजा ढिक्सुन थक्चेनले निर्माण गरिएको भनिएको विश्वकै पुराना गुम्बा, मान्हे र चैत पनि लोमान्थाङ क्षेत्रमै रहेको बताइन्छ । त्यसैले पनि बौद्ध दर्शनका अध्येता वा बौद्धमार्गीहरुका लागि उपल्लो मुस्ताङ रोजाइमा पर्ने गरेको छ । तिजी पर्व, यार्तुङ जात्रा यहाँको आकर्षण हो । 

    उपल्लो मुस्ताङको लोमान्थाङबाट २२ किलोमिटर टाढा कोरोला नाकाको नेपाली भूमिमा पुगेर धेरै नेपालीहरू रमाउने गर्छन् । २४ नम्बर पिलर अघिल्तिरको घमाइलो फाँट र सेताम्मे हिउँमा रमाउनेहरू प्रशस्त भेटिन्छन् ।korala_road_OLIlZkAqJZ.jpgअहिले चौडा सडक कोरोला नाकासम्मै पुगेकाले घुम्न असहज छैन । कुनै समय तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग मानिएको यो स्थान पुगिसकेपछि दामोदर कुण्डसम्म जानेहरू पनि प्रशस्त भेटिन्छन् ।

    दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिब १२० किलोमिटर टाढा छ ।

    पुग्न दुई दिन पैदल लाग्छ । लोमान्थाङ पुगेपछि छोटो दूरीको पदयात्रा, स्याउ तथा ओखर खेतीको अवलोकन पनि गर्न सकिन्छ । मुस्ताङबाट पदयात्राका लागि तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क लोकप्रिय छन् ।

    मुक्तिनाथसँगै शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गुम्बा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गुम्बा टुकुचे रानी गुम्बा, मार्फा गुम्बा चर्चित धार्मिक स्थल हुन् । मुस्ताङमा भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास रहेको पाइन्छ ।gufa_1COJ2tOquR.jpgकसरी पुग्ने ?

    समुद्री सतहदेखि ३८४० मिटरको उचाइमा रहेको लोमान्थाङसम्म मोटर बाटो पुगेको छ । ठूला पहाड र चट्टानहरु फोरेर निर्माण गरिएको कच्ची तर फराकिलो सडक छ । मोटर यात्रा गर्दा पट्यार लाग्दैन ।

    करिब २५–३० किलोमिटरको यात्रामा भेटिने एकान्त बस्ती र सडक छेउमा होटलहरु खुलेका छन् । तर मेन्यू निकै महँगो छ । किनकि पोखरा र बेनीबाट मोटरबाटै पुग्ने खाद्यय सामग्रीको धुवानी चर्को पर्ने व्यापारीहरू बताउने गर्छन् ।

    सादा खानाको ३ सय ५० देखि ४ सय ५० रुपैयाँसम्म पर्छ । होटलका कोठाहरू पाँच सयदेखि दुई हजार रुपैयाँसम्मका भेटिन्छन् ।lomathang-gumba_1_Xydo1uOmUy.jpgपोखराबाट जोमसोम १ सय १३ किलोमिटर हो । जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ । सार्वजनिक यातायातमा पोखरा–जोमसोम १२ सय रुपैयाँ जोमसोमबाट लोमान्थाङ १८ सय रुपैयाँ गाडी भाडा तोकिएको छ । तर धेरैजसो पर्यटकहरू गाडी रिर्जब गरेर जान्छन् ।

    जोमसोममा हवाइ मैदान पनि रहेकाले जहाज पनि जान्छ । लोमान्थाङमा होटल र लजहरू प्रशस्त खुलेकाले गाँसबासको समस्या पर्दैन । सधैँ हिउँ पर्ने भएकाले असोज–कार्तिक वा चैत–वैशाख लोमान्थाङ घुम्नका लागि उपयुक्त समय हो । हुवा र फापरको परिकार साथै च्याङग्राको सुकुटी यहाँ लोकप्रिय छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend