Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षालाई प्रयोगात्मक बनाउन नीतिगत सुधार गरौँ : मन्त्री शर्मा


३, माघ २०८०
  • 160
    SHARES
  • शिक्षालाई प्रयोगात्मक बनाउन नीतिगत सुधार गरौँ : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सैद्धान्तिक ज्ञानमा सीमित बन्न खोजेको नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिँदै नीतिगत सुधार गर्नुपर्ने बताएकी छन् । उनले सूचना प्रविधिलाई सूचना समाजसँग जोड्नुको विकल्प नभएको औँल्याइन ।

    बुधबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको शिक्षा क्षेत्र बढी सैद्धान्तिक हुने र प्रयोगात्मक नहुने समस्या पहिल्यैबाट रहिआएकाले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिइन ।

    उनले स्वास्थ्य र सूचना प्रविधि क्षेत्रको शिक्षा बढी प्रयोगात्मक हुने गरेपनि मानविकी, व्यवस्थापन, सूचना प्रविधिलगायतका सङ्कायमा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मकतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । उनले शिक्षा नीतिकै कारण वर्षभरी पढेर पनि मार्केटमा प्रतिस्पर्धा गर्न नसक्ने तथा स्नाकोत्तर सकेर बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन ।

    शर्माले भनिन्, ‘नेपालमा पढाइ हुने सबै संकाय वा विषयहरुबाट उत्पादन हुने विद्यार्थीहरुलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने र योग्य बनाउनका निम्ती सैद्धान्तिक साथै प्रयोगात्मक ज्ञान पनि आवश्यक छ भन्ने कुरालाई व्यवहारिक रुपमै त्रिविलगायतका विश्वविद्यालयले कार्यान्वयन गर्न सके भने कोहीपनि वेरोजगार बस्नुपर्दैन ।’

    उनले युवा पुस्तालाई आकर्षण गर्नसक्ने सूचना प्रविधि (आइटी)अध्ययन अध्यापन उद्याउँदो र प्रवल सम्भावना बोकेको विषयको रुपमा आएकाले सोही अनुसार जनशक्तिको विकास गरी गुणात्मक परिणाम हासिल गर्न सक्ने गरी काम गर्नुपर्नेमा जोड दिइन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend