Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीको विकासमा सहकार्य गर्न चीनसँग आग्रह


६, माघ २०८०
  • 168
    SHARES
  • लुम्बिनीको विकासमा सहकार्य गर्न चीनसँग आग्रह

    बुटवल। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ । 

    उपाध्यक्ष डा.लामाका अनुसार भेटमा जापानिज वास्तुविद् केन्जे टाङ्गेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्धनका लागि सहकार्यका विषयमा छलफल भएको छ ।

    राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताउनुभएको थियो । उपाध्यक्ष डा. लामाले लुम्बिनीको गुरुयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने योजना रहेको समेत बताउनुभयो । 

    उहाँले बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्यका लागि आग्रह गर्नुभयो । भेटमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको उपस्थिति थियो ।

    यसैबिच चिनियाँ नयाँ वर्षको अवसर पारेर लुम्बिनीमा चिनियाँ विहारमा प्रसाद वितरण कार्यव्रmम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । 

    राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भन्नुभयो, “प्रत्येक दिन, प्रत्येक महिना हजारौँ चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउँ, त्यो दिनको पखाईमा छौँ ।” उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान् बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यही दिन खिर बाँड्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

    कार्यक्रममा राजदूत सोङ्गले एक हजार पाँच सय वर्षअघि चिनियाँ यात्रीहरूले गरेको पैदल यात्रा र त्यही यात्रा वृतान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्ध जन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । 

    उहाँले नेपाल र चीनबिचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताउनुभयो । कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend