Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी : पर्यटनमन्त्री


२३, जेठ २०८०
  • 207
    SHARES
  • निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी : पर्यटनमन्त्री

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा ओखलढुंगाको खिजीदेम्वा गाँउपालिकाले आयोजना गरेको पर्यटन वेवसाइट शुभारम्भ तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री किराँतीले अरवौं खर्च गरेरे बिमानस्थल निर्माण गरेपनि बिभिन्न कारणले नियमित सञ्चालनमा आउन नसकेको भन्दै आवश्यक तयारी गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका हुन् ।

    उनले बायुसेवा निगमले तीन वटा ट्वीनेटर जहाज खरिद गर्ने तयारी गरिरहेको र जनतालाई सेवा दिने गरि सवै स्थानमा सञ्चालन गर्ने उल्लेख गरे । आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि निगमलाई सुधार गरेको र चार अर्व ऋण तिरेको भन्दै उनले लाउडादेखिको ऋण तिर्न बाँकी भएपनि नयाँ जहाज खरिद गरिने जिकिर गरे ।

    उनले निगमसंग धेरै जहाज नभएका कारण नेपालीहरु महङ्गो तिरेर अन्य बिमान चढ्न बाध्य भएकाले अव भैरहवा क्वालाम्पुर–भैरहवा ११ हजारमा नै उडाउने बताए । मन्त्री किराँतीले देशमा सुधारको काम गर्न खोज्दा आफुलाई चारैतिरबाट घेराबन्दीमा पार्ने र बदनाम गर्ने काम भएको गुनासो गरे । यसअघि मन्त्रीबाट हुने नीतिगत भ्रष्टाचारका कारण निगम धरासयी भएको भन्दै आफु निडर भएर सुधारको बाटोमा अघि बढ्ने उनले बताए । 

    उनले पर्यटन देशको आर्थिक बिकासको मेरुदण्ड भने पनि यस क्षेत्रको उचित विकास र प्रवद्र्धन हुन नसकेकाले नेपालीको मौलिक पहिचान सहितको पर्यटन बिकासमा जोड दिए । कार्यक्रममा पोकली झरना १३० मिटर हुँदै चिलिमडाडा, लाम्जेबौद्ध, खिजीचण्डेश्वरी, थोलेदेम्वा ३३५० मिटरसम्मको पदमार्ग र उक्त स्थान हुँदै पिके दुधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पथमार्गको घोषणा गरिएको थियो । 

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend