Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग


८, माघ २०८०
  • 231
    SHARES
  • नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग

    नेपालगञ्ज । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आकर्षित हुने बताएका छन् ।

    भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको धार्मिक अगुवाको भनाइ छ । 

    उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले धार्मिक पर्यटनका लागि नेपालगञ्ज–जनकपुर हवाईमार्गसँगै स्थालमार्गलाई पनि प्रभावकारी बनाउन आग्रह गर्दै सातामा एउटा उडान भए पनि त्यसको धार्मिक पर्यटनमा दूरगामी असर पर्ने बताउनुभयो । 

    उहाँले नेपालगञ्ज–जनकपुर र जनकपुर–काठमाडौँको एकीकृत हवाई मार्गले नेपालगञ्जको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारतको अयोध्यामा रहेको श्रीराम मन्दिर आउने लाखौँ पर्यटकलाई नेपालगञ्ज हुँदै नेपाल भित्र्याउनसके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । 

    हडियाबावा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वैश्य भन्नुहुन्छ, “भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि सीताजीको जन्मभूमि जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गरेपछि पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।” 

    उहाँले नेपालगञ्ज–पोखराको हवाई उडान भएजस्तै नेपालगञ्ज–जनकपुरको उडानका लागि यति एअरलाइन्स, बुद्ध एअरलाइन्स वा श्री एअरलाइन्सको जहाजलाई राति राँझा विमानस्थलमा नै राख्नुपर्ने तर्क गर्दै त्यसपछि यसको भारतमा प्रचार प्रसार गरेर भारतीय पर्यटक नेपाल भित्र्याउन सकिने बताउनुभयो । 

    नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज–जनकपुर हवाईमार्ग अविलम्ब सुरु गर्न माग गर्दै यसलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

    उहाँले पर्यटन प्रवद्र्धनका लागि हवाईमार्गसँगै नेपालगञ्ज–अयोध्यास्तरीय बस सेवासमेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने तर्क गर्नुभयो । 

    पर्यटन व्यवसायी सिग्देलले भन्नुभयो, “राजनीतिक नेतृत्वसँग इच्छाशक्ति मात्रै हुने हो भने पर्यटनको एजेण्डालाई लागू गर्न सकिन्छ ।” उहाँका अनुसार अयोध्या नेपालगञ्जबाट सबैभन्दा बढी नजिक भएको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलोमिटरको दूरीमा रहेको बताइएको छ । 

    नेपालका सबै पर्यटकीयस्थललाई जोड्न हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई ‘कनेक्टीभिटी’ र बस सेवाको कनेक्टीभिटी आवश्यक भएको सिग्देलको भनाइ छ । नागरिक अभियानकर्मी तथा अधिवक्ता विश्वराज तिवारीले हवाईमार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताउनुभयो । 

    उहाँले भारत र नेपालीबीचको भाइचारा सम्बन्धसमेत बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि पनि सहज हुने बताउनुभयो । 

    नेपालगञ्जको हनुमानगढी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले भारतको अयोध्यामा श्रीरामको दर्शन गरेपछि सीतामाताको दर्शन नगरे पूर्ण लाभ नहुने भएकाले अयोध्याबाट जनकपुर जान हवाईमार्ग अतिआवश्यक भएको जानकारी दिँदै माता जानकीको दर्शन गरेकाले पुनःश्रीराम मन्दिरको पनि दर्शन गर्नुपर्ने बताउनुभयो । 

    “यी दुवै मन्दिरको दर्शन हुने भएकाले धार्मिक पर्यटनमा यसले टेवा पुर्‍याउँछ”, उहाँले भन्नुभयो । नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरबाहेक अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत रहेका छन् । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend