Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘प्रादेशिक औद्योगिक एवं पर्यटन महोत्सव’ सुरु


१०, माघ २०८०
  • 280
    SHARES
  • ‘प्रादेशिक औद्योगिक एवं पर्यटन महोत्सव’ सुरु

    बाँके । ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०८०’ आजदेखि सुरु भएको छ । 

    बैजनाथ गाउँपालिका–५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव सञ्चालन गरिएको छ । महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बैजनाथ समिति बाँकेले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हो । 

    महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक सुमन विश्वकर्माका अनुसार महोत्सवमा एक सय ५० देखि दुई सयसम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीयस्तरमा उत्पादित वस्तु’ प्रमुख आकर्षणका रुपमा रहनेछन् । 

    स्थानीय स्रोतको सदुपयोग गरी लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको दिगो बजार पहुँच स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

    देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, ऊर्जा, बायोग्यासलगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ । 

    बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्राउन, यहाँको मौलिक कला, संस्कृति सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रियस्तरमा चिनाउनुका साथै पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवले टेवा पुर्‍याउने विश्वकर्माको भनाइ थियो । महोत्सवबाट करिब रू एक करोडको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।

    “महोत्सवमा स्थानीय एवं राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् । मेला अवधिभर संस्थाले एक लाख ५० हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ”, संयोजक विश्वकर्माले भन्नुभयो, 

    “लघु घरेलु तथा साना उद्योगले स्थानीय तथा बाह्यस्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीको बजार प्रवद्र्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” 

    महोत्सवबाट प्राप्त आम्दानीको २० प्रतिशत रचनात्मक काममा, २० प्रतिशत रकम कमजोर अवस्थामा रहेका उद्यमीका लागि र बाँकी रकम महासङ्घको कार्यालय भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend