Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटकको रोजाइमा किचकबध


११, माघ २०८०
  • 207
    SHARES
  • पर्यटकको रोजाइमा किचकबध

    झापा । महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल किचकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    भद्रपुर नगरपालिका–२ मा १० बिघा जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेका दुई मूर्ति छन् ।

    वि.सं २०३८ मा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।

    सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर पनि यहाँ छ । त्यसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विहारबाट यहाँ अवलोकन गर्न तथा वनभोज खानका लागि आउने गरेको उहाँले बताउनुभयो । 

    “यहाँ शनिबार र बिदाका दिन वनभोजका लागि स्थान पाउन मुस्किल हुने गरेको छ”, अध्यक्ष थेबेले भन्नुभयो, “विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि पनि घुम्न र वनभोजका लागि पर्यटक आउँछन् ।”

    बिजुली, खानेपानी र शौचालयको राम्रो व्यवस्था तथा सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किचकबधमा पर्यटकको चाप बढेको उहाँको भनाइ छ । त्यहाँ प्रहरीको अस्थायी विट र सेनाको ब्यारेक छ । वनभोजका लागि रु पाँच सय र चिल्ड्रेन पार्क प्रवेशमा रु ३० मात्र शुल्क लिइने गरेको उहाँले बताउनुभयो ।

    किचकबध पुग्नका लागि भद्रपुरबाट सगरमाथा चोकसम्म कालोपत्र सडक छ भने सो स्थानबाट पूर्व एक किलोमिटर ग्राभेल सडक छ । नगरपालिकाले हाल सो स्थानमा पुग्न कालोपत्रसहितको ‘रिङरोड’ नै निर्माण गरेको अध्यक्ष थेबेले बताउनुभयो । 

    महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको किंवदन्ती छ । यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटा पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।

    वरिपरि गहिरो खेती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा किचकबधस्थल रहेको छ । हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको अध्यक्ष थेबेले बताउनुभयो । 

    पुराणकालीन महाभारत कथाको किंवदन्ती जोडिएको झापाको महत्त्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन र भौतिक संरचना निर्माणमा विगतमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गरेको थियो । 

    पर्यटक आकर्षित गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने भए पनि हाल कहीँकतैबाट सहयोग पाउन नसकेको उहाँको भनाइ छ । समितिले वनभोजस्थल, बाल उद्यान, सामुदायिक भवन, झोलुङ्गे पुललगायतका संरचना निर्माण भएको जनाएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend