Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बेगनास तालमा मोटरबोट नचलाउन अदालतको आदेश


१२, माघ २०८०
  • 216
    SHARES
  • बेगनास तालमा मोटरबोट  नचलाउन अदालतको आदेश

    लेखनाथ । पोखराको बेगनास तालमा मोटर बोट सञ्चालन तत्कालका लागि रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बिहीबार परमादेशसहित अन्तरिम आदेश जारी गरेको हो ।

    अदालतले दुवै पक्षलाई माघ १८ गते उपस्थित हुन भनेको छ । वातावरणीय प्रभाव पार्ने भन्दै पोखरा महानगरले मोटर बोट रोक्न पत्राचार गरे पनि मोटर बोट सञ्चालन रोकिएको थिएन ।

    गत मङ्सिर १३ गते महानगरले वडा नम्बर ३१ कार्यालयलाई पत्राचार गरी तत्काल मोटर बोट सञ्चालनमा रोक लगाउन भनेको थियो । महानगरको आदेश बेवास्ता गरेर मोटर बोट सञ्चालन नरोकिएपछि अधिवक्ता मनोज घर्ती मगरले बुधवार उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

    गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणकी प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेल र बेगनास ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कँडेलसहित ५ जनालाई विपक्षी बनाएर अधिवक्ता मगरले रिट निवेदन दर्ता गराउनुभएको थियो । 

    डुङ्गा व्यवसायी समितिले ५० लाख रूपियाँ लगानी गरी मोटर बोट सञ्चालनमा ल्याएको थियो । मोटरबोटले वातावरण, जलचर र जलारीलाई असर पारेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराएका थिए ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend