Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्यमन्त्री खनालद्वारा हेमोडायलाइसिस सेवाको उद्घाटन


१३, माघ २०८०
  • 352
    SHARES
  • स्वास्थ्यमन्त्री खनालद्वारा हेमोडायलाइसिस सेवाको उद्घाटन

    गुल्मी l गुल्मी अस्पताल तम्घासमा अस्पताल स्थापनाको करिब ६ दशकपछी हेमोडायलाइसिस सेवा शनिबारदेखि संचालनमा आएको छ । 

    लुम्बिनी प्रदेश सरकार र रेसुंगा नगरपालिकाको विशेष पहलमा सुरु गरिएको सेवाको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गरि विधिवत रूपमा सुरुवात गर्नु भएको हो।

    उदघाटन कार्यक्रममा मन्तब्य राख्दै स्वास्थ्यमन्त्री खनालले यो कार्यक्रममले गरिब तथा विपन्न परिवारलाई ठूलो राहत मिल्ने भएकोले सबै वर्गको पहुच बढाउदै लैजानुपर्नेमा जोड दिनु भयो ।

    मन्त्री खनालले अस्पतालको भौतिक संरचना र विशेषज्ञ डाक्टरको सिमित दरवन्दीका कारण सेवालाई प्रभावकारी वनाउन चुनौती रहेकोले यसतर्फ ध्यान दिन स्थानीय सरकार र सरोकारवालालाई आग्रह गर्नुभयो ।  

    पुर्वयोजना र बजेट सुनिश्चितता बिनै सस्तो लोकप्रियताका लागि तत्कालिन संघीय सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा १५ बेडको अस्पताल स्थापना गर्ने घोषणाले स्वास्थ्य क्षेत्रका धेरै योजनाहरु अलपत्र अवस्थामा रहेका र सुधारका लागि वर्तमान प्रदेश सरकारले कार्ययोजना तयार गरि सुधार र रोकिएका काम समयमा सम्पन्न गर्न विशेषज्ञ टोलि सहितको समितिले काम गरिरहेको जानकारी दिनु भयो ।

    गुल्मी अस्पतालमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवल लगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता केहि हदसम्म अन्त्य हुने विश्वास लिइएको छ ।

    डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ ।

    डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ । एक बिरामीले हप्तामा दुईपटक डायलासिस गराउनुपर्छ । एकपटकमा झण्डै पाँच घण्टा लाग्छ ।

    अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने अस्पतालका मेसु डा किशोर बन्जाडेले बताउनुभयो । डायलासिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभान्वित हुने बन्जाडेकोे भनाइ छ ।

    नेपाल सरकारले एकपटक डायलासिस गराएको रु दुई हजार पाँच सय दिने गरेको छ । गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलासिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन । खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलासिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिकरुपमै विभागबाट पत्र आउने डा.बन्जाडेले बताउनुभयो ।

    अस्पतालमा डायलासिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौँमा डायलासिस गराउन सुरु गरेका हुन् । तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बनेका छन् । पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निशुल्करूपमा गरेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend