Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रशासनद्वारा औषधि पसल सिल


१६, माघ २०८०
  • 330
    SHARES
  • प्रशासनद्वारा औषधि पसल सिल

    गुल्मी । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो । नियम विपरीत औषधि पसल सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पन्न आयुर्वेद औषधि पसलमा सिल गरेको हो । 

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त औषधि पसलको अनुगमन गर्ने क्रममा नियम विपरीत पसल सञ्चालन गरेको प्रमाण भेटिएपछि पसलमा सिल गरिएको हो। विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा सम्पन्न आयुर्वेद नामबाट उक्त पसल सञ्चालनमा आएको थियो ।

    आयुर्वेद औषधि पसलले नियम विपरीत प्रयोगशाला सेवा सञ्चालन गरी औषधि बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रशासनले गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गरेको भेटिएपछि आयुर्वेद पसल सिल गरी अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

    प्रशासकीय अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले सञ्चालन गरेको प्रयोगशाला सम्बन्धित निकायमा दर्ता नगरेको, एलोपेथी र होमियोपेथी दुवै औषधि बिक्री गर्दै आएको, औषधिको खुल्ला बिक्री एवं बिरामीको जाँच गरेको भेटिएको बताइएको छ । उक्त पसल सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औषधालयको नामबाट एकै ठाँउबाट सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend