पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्ण अधिकार विना संघीयता मजबुत नहुने बताएका छन् । बिहिवार पाल्पाको बसन्तपुरमा आयोजित लुम्बिनी केवलकारको समुद्घाटन कार्यक्रमलाई बोल्दै सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री चौधरीले गाउँगाउँ सिंहदरबारको परिकल्पना गरेर देशमा संघीयता ल्याईए पनि पूर्ण अधिकार नहुदाँ सोचे जस्तो काम गर्न नसकेको तर्क गरे । उनले देशको समग्र विकास र हितका लागी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशलाई सम्वृद्धिको बाटोमा लैजान पर्यटन क्षेत्रको सुधार गर्नुपर्ने बताए । उनले जनतालाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकार लागीपरेको बताउदै कृषि,पर्यटन लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए ।