Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर


१७, माघ २०८०
  • 232
    SHARES
  • सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

    चितवन । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।

    यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ ।

    जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताउनुभयो । “यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ”, उहाँले भन्नुभयो, “डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।”

    उहाँले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताउनुभयो । यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिनुभयो ।

    “कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ”, उहाँले भन्नुभयो, “आन्तरिकसँगै बाह्य पर्यटकको पनि भीड छ ।” ढुङ्ग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुङ्गा घाटबाट हात्तीसारसम्म डुङ्गा चलाउने गरिएको छ ।

    डुङ्गा सफारी गर्ने पर्यटकलाई केही समय जङ्गल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुङ्गा शयर गर्दा आन्तरिक  पर्यटकका लागि रु चार सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय ५० शुल्क लिने गरिएको छ ।

    अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताउनुभयो । चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे सौराहाको पर्यटन विकासका लागि ढुङ्ग्रे खोलाको डुङ्गा शयरले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उहाँले सबै वनको आ–आफ्नो विशेषता रहेको जानकारी दिनुभयो ।

    उहाँले सौराहा आउने पर्यटकका लागि डुङ्गा शयर राप्तीपछिको गन्तव्य ढुङ्ग्रे खोला भएको बताउनुभयो । डुङ्गा शयरबाट मात्रै यस सामुदाकि वनले वार्षिक रु १५–१६ लाखको कारोबार गर्ने गरेको उल्लेख गर्नुभयो । यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । “यहाँका समुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
     
    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका समुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताउनुभयो । उहाँले जलचर प्राणी र चराचुरुङ्गीका लागि ढुङ्ग्रे खोला क्षेत्र उत्कृष्ट बासस्थान भएको बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।  

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend