Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा


१९, माघ २०८०
  • 243
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

    बाँके । बाँके र बर्दियामा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । 

    नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार यही माघ २५, २६ र २७ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ ।

    साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको जनाउँदै अध्यक्ष सापकोटाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेश साइकल यात्री र अन्तर्राष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागि हुने बताउनुभयो ।

    “साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो, यस क्षेत्रमा सुरक्षित साइकल यात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ”, क्लबका पूर्वअध्यक्ष सतिश निरौलाले भन्नुभयो ।

    पर्यावरण मैत्रीरुपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्राको उद्देश्य रहेको उहाँको भनाइ छ । “यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पुर्‍याउने  उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ”, निरौलाले भन्नुभयो, 

    “साइकल यात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ ।”

    क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरी तीन सय साइकल यात्री सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगञ्जको वागीश्वरी मन्दिरबाट सुरु भई बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म एक सय किलोमिटर साइकल यात्रा पूरा गर्ने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रद्वीप कार्कीले बताउनुभयो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend