Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बजेटमा लगाएको करको दरका कारण पर्यटन क्षेत्र धरासायी हुने


२६, जेठ २०८०
  • 152
    SHARES
  • बजेटमा लगाएको करको दरका कारण पर्यटन क्षेत्र धरासायी हुने

    काठमाण्डाैँ । पर्यटन सम्वद्ध संस्थाहरुले सरकारले आगामी बर्षको बजेटमा लगाएको करको दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका छन् । शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बजेटमा घोषणा भएका करका दलहरुले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका बारेमा चिन्तित बनाएको भन्दै करका दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका हुन् । 

    ट्रेकिङ तथा टुर प्याकेज सम्बन्धी सेवालाई हटाई पूर्ण रुपमा करको दायरामा ल्याउने, हवाइ टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा बढिमाथिका तारे होटल तथा लक्जरी रिसोटहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने लगाएतका व्यवस्थाका कारण नेपाल आउने पर्यटकहरु अन्य गन्तव्यमा जाने र सरकारको १० लाख पर्यटक भित्राउने लक्ष्य हासिल हुन नसक्ने उनीहरुले जनाएका छन् । 

    त्यस्तै सरकारले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने गरि राखिएका कर संकलनका लक्ष्य पनि प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले बताए । उनले पर्यटनलाई उद्योगको मान्यता नदिदा राज्यबाट पाउनु पर्ने सहुलियत पूर्ण व्याजदर तथा विजुली शुल्क आदिबाट पर्यटन क्षेत्र बञ्चित हुनु परेको बताए । 

    उनीहरुले पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउनका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ संघठन सम्मीलित बिज्ञ समूह बनाएर गहन अध्ययन गरि कम्तिमा १ बर्षपछि मात्रै लागू हुनेगरि करका नयाँ दरहरु लागू गर्न सरकारलाई सुझाव दिएका छन् । 

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend