Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


२७, माघ २०८०
  • 193
    SHARES
  • तिलोत्तमाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

    रुपन्देही । तिलोत्तमामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो । 

    नगरप्रमुख रामकृष्ण खाण, वडा–५ का अध्यक्ष रमेश डुम्रे लगायतले साइकल वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो । 

    मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ, उहाँले भन्नुभयो, सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बताउनुभयो ।

    स्वयंसेविकालाई स्वास्थ्य सम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ, तिलोत्तमा–५ का वडाध्यक्ष डुम्रेले भन्नुभयो । महिला स्वास्थ्य स्वयंसेविका राधा खनाल रेग्मीले साइकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताउनुभयो । 

    कार्यक्रममा तिलोत्तमा–५ का सचिव हरिप्रसाद खतिवडा, वडा–५ का वडासदस्य हरि पन्थ, वडासदस्य धर्मादेवी न्यौपाने, हिरा गिरी, टोल विकासका अध्यक्ष हरिप्रसाद पाण्डे, वडा स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, चुरामणि पाण्डे लगायतले साइकलको सही सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रमा थप सहज वातावरण निर्माण गर्नु पर्ने बताउनुभयो ।

    महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दैआएको वडासदस्य हरि पन्थले बताउनुभयो ।

    वडामै हेल्प डेस्क सुरु

    तिलोत्तमा वडा नम्बर–५ ले हेल्प डेस्क’ सञ्चालन गरेको छ । सेवाग्राहीहरूको माग र उनीहरूको असहजतालाई सहज रूप दिन र सेवा प्रवाहलाई समेत चुस्त दुरुस्त राख्न सेवा हेल्प डेस्क सञ्चालनमा ल्याएको वडा अध्यक्ष रमेश डुम्रेले बताउनुभयो । 

    सेवाग्राहीलाई अत्यावश्यक सेवा सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको उहाँको भनाइ छ । सो डेस्कबाट सेवाग्राहीले समग्र कामको लागि सहजीकरण निःशुल्क रूपमा पाउने वडा सचिव हरिप्रसाद खतिवडाले बताउनुभयो ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend