Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सामुदायिक विद्यालयका शिक्षक-‎कर्मचारीकाे ‎विरोध प्रदर्शन‎


२८, जेठ २०८०
  • 93
    SHARES
  • सामुदायिक विद्यालयका शिक्षक-‎कर्मचारीकाे ‎विरोध प्रदर्शन‎

    काठमाडौं । आगामी आर्थिक बर्षको बजेट बाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

    नयाँ बानेश्वरदेखि थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । बजेट मार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलव कायम गर्नुपर्ने आफुहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । 

    प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानव अधिकार रक्षा गर, निशुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरु खानका लागि समस्या भएको अवस्थामा सरकारले आफुहरुको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गरे । सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनु पर्ने उनले बताए ।

    आफुहरुको मागका बिषयमा सरकारसंग औपचारिक रुपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफुहरुलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताए ।  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend