Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव


११, फागुन २०८०
  • 237
    SHARES
  • एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव

    दमौली । तनहुँको आँबुखैरेनीमा बिहीबारदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो  महोत्सव आयोजना गरिएको हो ।

    तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले मेला–महोत्सव स्थानीय वस्तु बजारीकरणका लागि सहयोगी हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “अबको समय आर्थिक समृद्धिको हो, राजनीतिक परिवर्तन भइसक्यो । अब जनतालाई समृद्ध बनाउनेतर्फ सबै दलबीच सहमति र सहकार्य आवश्यक छ ।”

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आँबुखैरेनीको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सफल हुने बताउनुभयो । उहाँले सबै दलबीचको एकता र सहमतिबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । विसं २०७१ मा प्रथम आँबुखैरेनी महोत्सव भएको थियो । त्यसयता विभिन्न कारणले महोत्सवलाई निरन्तरता दिन नसकेको एकाइले करिब १० वर्षपछि महोत्सव आयोजना गरेको हो ।

    ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिकस्थलको अवलोकन, कृषि तथा पशु फार्म अवलोकन, उद्योग तथा विद्युत् उत्पादन केन्द्रको अध्ययन अवलोकन मुख्य आकर्षण रहेको समारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य सङ्घ आबुँखैरेनी बजार एकाइ सभापति भगवान श्रेष्ठले जानकारी दिनुभयो ।

    महोत्सवको मुख्य आकर्षणमा आँबुखैरेनीबाट छिम्केश्वरीसम्मको दुईदिने प्याकेज भ्रमणको व्यवस्थासमेत रहेको छ । महोत्सवमा विभिन्न जातजातिको संस्कृति, वेशभूषा, खानपानको प्रदर्शनीसँगै विविध लोकसांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता हुनेछ ।

    महोत्सवमा एक सय ७५ वटा ‘स्टल’ रहेका छन् । पचहत्तर हजार दर्शकले अवलोकन गर्ने ठानिएको महोत्सवमा रु ४१ लाख आम्दानी हुने अनुमान छ । महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend