Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सियारीमा फिजियोथेरापी सेवा सुरु, स्थानियलाई सहज 


२०, फागुन २०८०
  • 190
    SHARES
  • सियारीमा  फिजियोथेरापी सेवा सुरु, स्थानियलाई सहज 

    भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो । सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ ।

    गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताए । अध्यक्ष घिमिरेले भने, एक जना फिजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापि गरे बापतको शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हदैन्, यी सबै कुराबाट नागरिकलाई सुबिधा दिनका लागि पालिकाबाटै फिजियो थेरापी शुरु गरेका हौ । 

    अध्यक्ष घिमिरेका अनुसार सियारीले फिजियो थरापि गरेबाट बढीमा १ सय ५० देखि दुईसय सम्म हुन सक्ने गरी शुल्क तय गर्न लागिएको छ । पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रशको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए । 

    आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवि, सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहाुर घर्तिले जानकारी दिए । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगाएत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । 

    पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्रहीले उल्लेख गरेका छन् । सियारी ४ का बुद्धिप्रसाद पोखरेल तथा सावित्रि पोखरेलले गाउँमै सेवाआएपछि आफुहरुलाई निकै सहज भएको बताए । बुढेशकालमा धेरै टाढा पुगेर उपचार गर्दा आर्थिक समस्याका साथै समय पनि खर्च हुने गरेको थियो गाउँमा आएपछि निकै सहज भएको छ, स्थानिय बुद्धिप्रसाद पोखरेलले जनाएका छन्। 

    फिजियो थेरापी गर्नका लागि कहिले बुटवल त कहिले भैरहवा जानु पर्ने थियो, गाउँमै सेवा आएपछि निकै सजिलो भएको छ, यसबाट हामी जति अरु को होला र ? उनले भने । गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।phisio.jpg

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend