Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तीन विश्वविद्यालय उपकुलपतिविहीन 


२०, फागुन २०८०
  • 278
    SHARES
  • तीन विश्वविद्यालय उपकुलपतिविहीन 

    काठमाडौँ । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपतिविहीन भएका हुन् ।

    चार वर्षे कार्यकालका लागि नियुक्त भएका उपकुलपतिहरूको समयावधि समाप्त भएका कारण ती विश्वविद्यालय शनिवारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त हुने उपकुलपतिहरूमा पूर्वाञ्चलका प्रा.डा. यादवराज कोइराला, सुदूरपश्चिमका प्रा.डा. अमरराज जोशी र मध्यपश्चिमाञ्चलका प्रा.डा. नन्दबहादुर सिंह रहेका छन् ।

    कोइराला, जोशी र सिंहलाई तत्कालीन प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले २०७६ फागुन १९ मा उपकुलपतिमा नियुक्त गरेका थिए । विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रक्रिया आरम्भ गरेको थियो ।

    मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हाललाई स्थगित गरिएको छ ।

    प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही खुलाएको छैन । मन्त्रालयका अनुसार माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोच पत्रसहित कार्य योजना बुझाएका थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend