Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल भित्रिने भारतीय पर्यटक बढे


२१, फागुन २०८०
  • 286
    SHARES
  • नेपाल भित्रिने भारतीय पर्यटक बढे

    काठमाडौँ । सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् ।

    पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा सन्तोषजनक बढोत्तरी देखिन्छ । सन् २०१९ देखि लगातार सङ्कटमा रहेको पर्यटन क्षेत्रमा सन् २०२३ देखि क्रमिक सुधार हुँदै आए पनि यस वर्ष भारतीय पर्यटकको आगमन दरले थप सकारात्मकता देखाएको छ ।”

    सन् २०२३ को तुलनामा सन् २०२४ को फेब्रुअरीमा भारतबाट आउने पर्यटकको सङ्ख्या ३९ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उहाँले भारतको आर्थिक वृद्विमा देखिएको सुधार, निजी क्षेत्रबाट भएको पर्यटन प्रवर्धन, धार्मिक सम्बन्धलगायतका कारण नेपाल भित्रिने पर्यटको आगमनमा सुधार देखाएको बताउनुभयो । 

    त्यस्तै गत महिना भएको भारत र माल्दिभ्सबिचको टकराव र लक्ष्यदीपको विषयले पाएको चर्चाले समेत नेपाल आउने पर्यटकको सङ्ख्यामा सकारात्मक असर पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार यस वर्ष फेब्रुअरीमा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या २५ हजार ५७८ रहेको छ । गत वर्ष १८ हजार ४०१ पर्यटक नेपाल आएका थिए । 

    जनकपुर र अयोध्या सम्बन्धले समेत नेपाल भित्रिने धार्मिक पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै उहाँले भारतीय पर्यटकले पूर्वाधारको अवलोकनका लागि बङ्गलादेश र प्राकृतिक दृश्यावलोकनका लागि नेपाललाई प्रमुख गन्तव्य बनाउन थालेकोसमेत बताउनभयो । पहिले गर्मी छल्ने नेपाल आउने भारतीय पर्यटक अहिले अफ सिजनमा समेत नेपाल घुम्न आउने थालेको उहाँको भनाइ छ ।

    बोर्डको तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतपछि सबैभन्दा बढी चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६८४ जना पर्यटक नेपाल भित्रिएका छन् । 

    सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ र सन् २०२१ को फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरीमा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार एक सय पर्यटक हवाई माध्ययमबाट नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

      

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend