Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकसित हुदैँ "जलजला"


२९, जेठ २०८०
  • 235
    SHARES
  • धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकसित हुदैँ "जलजला"

     रोल्पा । जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो।हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ।जलजला समुद्री सतह देखि २ हजार २ सय मिटर देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ।

    जलजला पुग्न विभिन्न मार्गहरु प्रयोग गर्न सकिन्छ।हरेक बर्षको साउने पूर्णिमा अर्थात जनैपूणिर्माको अवसरमा जलजलामा भव्य पुजा लाग्ने गर्दछ।पुजामा जिल्ला भित्रमा मात्र नभई छिमेकी जिल्ला रुकुम,सल्यान,प्युठान,दाङ र बागलुङ लगायत अन्य जिल्लाहरु बाट पनि पुजा गर्न र घुम्न आउने गरेको गर्दछ।जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत मानिन्छ।

    सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै शुरु गरेको थियो।जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो।अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरुलाई सहज होस् भनेर ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखेको छ। तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको जस्तो महशुस गर्न सकिन्छ।अगाडि निलो आकाश मुनी हरिया साना थुम्का छन्।जलजलाको अर्को आकर्षणको रूपमा दुर्लभ सेतो गुराँस मानिने गर्दछ।

    जलजलामा घोरल,थार,मृग,बँदेल,भालु जस्ता जङ्गली जनावर समेत पाइने गर्दछ।साथै धुपी, बाँज, सेतो गुराँस,लाली गुराँस,भोजपत्र,लेकाली सल्ला लगायत वनस्पति तथा थुप्रै जडिबुटी समेत पाइन्छ।यस्तै डाँफे, मुनाल,कालिज,बाघ, भालु लगायत पंक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ।युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिदै आएको छ।आफ्नो पहिचान,बिर्ता र ऐतिहासिकता बोकेको जलजलाको द्दश्य शब्द र तस्वीरले वर्णन गर्न सकिदैन।

    महिनैपिच्छे जलजलाको फरक फरक द्दश्यावलोकन गर्न सकिन्छ।फागुन,चैत,बैशाखमा लाली गुराँसले ढक्कमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिएको हुन्छ।असार,साउन,भदौ र असोज महिनामा दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले सिंगारिन्छ । जलजला सयौं बुकी फूलहरुले सजिएको छ।फूलमा रमाएका चराहरुको चिरबिर आवाजले कान नै गुञ्जायमान गराईदिन्छ।जलजलाको दलदल गर्ने घाँसे मैदानमा आन्नद लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ।

    जलजलाको ऐतिहासिक महत्त्वसँगै धार्मिक महत्त्व पनि उत्तिकै छ।यहाँ बैशाख महिनाको पूर्णिमा,जेठ महिनाको पूर्णिमा र साउन महिनाको पूर्णिमा अर्थात जनैपूणिर्मामा भव्य मेला तथा पुजा हुने गर्दछ।मेलामा मात्र नभई अरु बेलामा समेत जलजलामा बराहलाई भेडा–साँडाको बलिदिन दिनेहरु सयौंको संख्यामा पुग्ने गर्दछन।साथै बराह देवताको पुजा गरिन्छ।यहाँ पुगी पुजा गरेमा चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ।त्यसैगरी आफूले आर्जन गरेको धनजनको सुरक्षाको लागि समेत त्यहाँ पुगी पुजा गर्ने चलन रहेको छ।

    जलजलामा कैलु बराह,सतदेव बराह,बज्यु बराह,रानीबज्यु र भामा ओडार गरि जम्मा ५ ठाउँमा पुजा र बलिदिने गरिन्छ।भेडा–साँडा र कुखुराको बली दिइने जलजलामा झाँक्री मगर र रोकामगर थरका पुजारीबाट पुजा–आजा गरिन्छ।

    349045798_1597594360750710_3088216326002803219_n.jpg
    353847473_293118386475009_8452673454770527982_n.jpg

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend