Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक


२९, फागुन २०८०
  • 282
    SHARES
  • धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

    गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।

    यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो । 

    पहिलो पटक गुफा पुग्नुभएकी ८२ वर्षीय  फ्रान्सेली नागरिक मार्गट लिनदेन गुफा हेरेपछि आफू निकै खुसी भएको बताउनुभयो । निकै सुन्दर र रमणीय ठाउँ भएको भन्दै उहाँले आफू स्वदेश फर्केपछि अरू साथीहरुलाई पनि यसको महत्व र सुन्दरताका बारेमा जानकारी गराउने बताउनुभयो ।

    गुफाभित्र देखिएका दृश्य साह्रै आकर्षक र भिन्नभिन्न आकृतिले प्राकृतिक रुपमा सजिएको उहाँको भनाइ थियो ।गुफामा पुगेका पर्यटकले भजन गीतको तालसँगै नाचगान गरेर एकापसमा खुसी साटासाट गरेका थिए । 

    गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट–५ अन्तर्गत वस्तुमा यो गुफा रहेको छ । विसं २०४५ मा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाउनुभएको थियो । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

    पछिल्लो समयमा यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको हो । विभिन्न समयमा एक–दुईजना काम विशेषले आएको समयमा फाटफुट रुपमा विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि यस पर्यटककै रुपमा गुफा हेर्नका लागि यति धेरै फ्रान्सेली नागरिक आएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । 

    गाउँपालिकाको आग्रहमा अरविन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरु आश्रमका गुरु रामचन्द्र दासको नेतृत्वमा टोलीले गुफाको अवलोकन गरेको हो । गुफाको लम्बाइ एक सय ८५ मिटर र चौडाइ तीन सय ५० मिटर रहेकोे छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । 

    स्थानीयका अनुसार विसं २०४५ को असारमा गुफा पत्ता लागेको हो । गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ ।गुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ । 

    गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी रकम लगानी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जनाकारी दिनुभयो । उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्दछ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend