Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वविद्यालयहरु किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञानमा केन्द्रीत हुनुपर्छ : प्रा.डा.बुढाथोकी


२, चैत २०८०
  • 401
    SHARES
  • विश्वविद्यालयहरु किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञानमा केन्द्रीत हुनुपर्छ : प्रा.डा.बुढाथोकी

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले विश्वविद्यालयहरू किताबको ज्ञान मात्र पढाउने नभइ व्यवहारिक ज्ञान दिने कार्यमा केन्द्रीत हुनु पर्ने बताउनुभएको छ ।432428408_852067126725831_5292258264628224134_n.jpgप्राज्ञिक विद्यार्थी परिषद् नेपाल बाग्मती प्रदेशको त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको चौथो प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उहाँले आज विश्वविद्यालयमा पढाउने प्राध्यापक प्राध्यापक जस्तो नभएको, विद्यार्थी विद्यार्थी जस्तो नभएको, विश्वविद्यालयहरू किताबी ज्ञानमा मात्र केन्द्रित भएकोले उच्च शिक्षामा राम्रो उपलब्धि हासिल गर्न नसकिएको कुरा उल्लेख्य गर्दै विश्वविद्यालयहरू व्यबहारिक शिक्षामा केन्द्रीत हुनु पर्ने विषय बताउनुभएको थियो ।431714866_1456310651625375_825407278312598720_n.jpgउहाँले विद्यार्थी भर्ना राम्रो देखिए पनि अध्ययन गर्न आउने विद्यार्थी घटदै गइरहेको, सिकाइ केन्द्रित शिक्षामा कमी भएको, विद्यार्थी, शिक्षक र प्राध्यापक विश्वविद्यालयको नभएर अलग अलग पार्टीको भएकोले शिक्षा क्षेत्रमा बिग्रिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । 

    साथै विश्वविद्यालय विश्वविद्यालयहरूमा राम्रो शैक्षिक वातावरणमा पठन पाढन हुने, विश्वका अलग अलग विचारहरूमा बहस छलफल हुने गरेको तर हाम्रोमा भने त्यो वातावरण नै हुन नसकेको बताउनुभयो । उहाँले विद्यार्थी परिषद्ले शिक्षा क्षेत्रमा गरिरहेको सकारात्मक कार्यले नेपालको शिक्षा क्षेत्रमा राम्रो सुधार ल्याउने विश्वस्त भएको बताउनुभयो ।
     
    त्यसैगरी उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवले नेपालको शिक्षा गलत दिशातर्फ अगाडि बढिरहेकोले यसलाई नेपाली माटो सुहाउँदो किसिमले पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको र हाम्रो इतिहास, भूगोल, महापुरूषहरूको बारेमा ज्ञान दिनु पर्ने, नैतिक र संस्कृत शिक्षालाई पुन लागू गरिनुपर्ने जस्ता विषयहरू बताउदै आजको युवा पुस्तालाई राष्ट्र पुनस्निर्माणको दिशामा अगाडि बढन आग्रह गर्नुभएको थियो ।

    त्यसैगरी अधिवेशनका स्वगत समिति अध्यक्ष एवम् महर्षी फाउन्डेसनका अध्यक्ष दिपक बास्कोटाले नेपालमा वैदिक शिक्षा, ज्ञान, विज्ञान, र योगलाई आजको युवा पुस्तालाई सिकाउनु पर्ने आवश्यकता रहेकोले त्यस दिशामा सबै मिलेर कार्य गर्नु पर्ने कुरा बताउनुभएको थियो । 

    नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि परिषद्को चौथो प्रदेश अधिवेशन भन्ने मुलनाराका  साथ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस आयोजना गरिएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकी, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव जानकी आचार्य, प्रदेश अध्यक्ष वद्री कोइराला, प्रदेश सचिव मनिता देवकोटा, काठमाडौँ महानगर सचिव विकास रावल विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, सदस्य, शिक्षक साथै वागमती प्रदेशभरबाट १३० जना भन्दाबढी विद्यार्थीहरूको सहभागीता  रहेको छ ।

    तीन दिन सम्म सञ्चालन हुने अधिवेशनमा अलग अलग सत्रमा शैक्षिक र समसामयिक प्रस्ताव, खुल्ला अधिवेशन, संगठनात्मक कार्यपद्धति, सैद्धान्तिक भूमिका ,परिषद्को आगामी कार्ययोजना, सांस्कृतिक कार्यक्रम, देशको वर्तमान अवस्थाको विषयमा भाषण साथै नयाँ प्रदेश कार्यकारिणी समिति घोषणासँगै अधिवेशन सम्पन्न हुने विद्यार्थी परिषद्ले जनाएको छ ।431499438_1070449454031551_5610256256620389881_n.jpg431825603_1766939783802760_7472390168839703619_n.jpg431671337_3586720194911660_4433442874120566389_n.jpg431588269_383217527999796_1753151553510802165_n.jpg432450672_677874677680888_8782850539114849988_n.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend