Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षा सुधारका लागि शिक्षामन्त्री श्रेष्ठ परामर्शमा


२, चैत २०८०
  • 303
    SHARES
  • शिक्षा सुधारका लागि शिक्षामन्त्री श्रेष्ठ परामर्शमा

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा गर्नुपर्ने नीतिगत र कानुनीलगायत सुधारका सवालमा सरोकार भएका पक्षसँग निरन्तर परामर्श गर्नुभएको छ ।

    विद्यालय शिक्षा विधेयक र नेपाल पूर्वाधार विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको र उच्च शिक्षा विधेयक सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको स्थितिमा सरकार पुनःगठन भएपछि विषयवस्तुलाई कसरी अगाडि भन्ने सन्दर्भमा शिक्षामन्त्रीले औपचारिक र अनौपचारिकरुपमा सुझाव लिन थाल्नुभएको हो ।

    मन्त्री श्रेष्ठले मन्त्रालयका उच्च अधिकारी, विभिन्न निकायका प्रमुख, स्थानीय तह, नेपाल शिक्षक महासङ्घ, विभिन्न संस्था, शिक्षा विधामा कलम चलाउने पत्रकारलगायतसँग सुझाव लिनुभएको छ ।

    मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट पनि शिक्षामा गर्नुपर्ने सुधार र कामका सन्दर्भमा सुझाव दिन आह्वान गर्नुभएको छ ।

    मन्त्री श्रेष्ठले केही समय सम्बन्धित पक्षसँगको परामर्शपछि आफूले कार्ययोजनासहित गर्नुपर्ने कामबारे सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend