Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्राज्ञिक कोशी प्रदेश अध्यक्षमा कार्की र सचिवमा लोहार निर्वाचित


३, चैत २०८०
  • 321
    SHARES
  • प्राज्ञिक कोशी प्रदेश अध्यक्षमा कार्की र सचिवमा लोहार निर्वाचित

    विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ ।

    शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो ।

    अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । 

    परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ ।

    यस्तै सचिवमा जितेन लोहार (धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर), फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ । 

    यस्तै सह–सचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर) निर्वाचित भएका छन् ।

    यसैगरी कोशी प्रदेश छात्रा प्रमुखमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–छात्रा प्रमुखमा जयन्ती पाख्रिन (सुनसरी) निर्वाचित भएका छन् भने जनजाती कार्य प्रमुखमा नगेश कुलुङ राई (सङ्खुवासभा) निर्वाचित भएका छन् । 

    यस्तै व्यवस्था प्रमुखमा मनिप ओझा (मोरङ), मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर) निर्वाचित भएका छन् ।

    यसैगरी कार्यसमिति सदस्यमा अभिषेक पोखरेल (मोरङ), भावना गुरुङ (मोरङ), मौसम राई (मोरङ), मनिता ढकाल (भोजपुर), लिला गौतम (ओखलढुङ्गा), चन्द्र कुमार कार्की (धनकुटा), जनक रसाइली (सोलुखुम्बु), सुरेन्द्र मेहता (सुनसरी), निरोज ठाकुर (सुनसरी) र सन्देश राई (सङ्खुवासभा) निर्वाचित भएका छन् । 

    अधिवेशनको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए ।

    उद्घाटन कार्यक्रममा बोल्दै उनले परिषद्ले हरेक क्षेत्रमा सकारात्मक कार्य गरिहेको भन्दै यसलाई निरन्तरता दिइरहनुपर्ने बताए ।

    अधिवेशनमा दुई सय प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।received_3282753058694710.jpeg

    received_781267300126065.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend