Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मधेस प्रदेश : एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै


६, चैत २०८०
  • 297
    SHARES
  • मधेस प्रदेश : एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

    धनुषा । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।

    यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

    परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम सङ्ख्या सप्तरीबाट रहेका छन् ।

    धनुषाबाट चार सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४, सिराहाबाट १० हजार नौ सय २३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार आठ सय ९६, रौतहटबाट नौ हजार चार सय ६९, बाराबाट नौ हजार चार सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

    शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले  परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताउनुभयो ।

    निर्देशक ठाकुरले आठ जिल्लामा गरी दुई सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छभने दुई सय ९५ केन्द्राध्यक्ष, पाँच सय ३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार छ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार छ सय ५८ जना कर्मचारी खटाइने बताउनुभयो ।

    आवश्यक तयारी करिब पूरा भएका बताउँदै निर्देशक ठाकुरले  मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

    उहाँले यस प्रदेशमा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताउनुभयो ।

    त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend