Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा


८, चैत २०८०
  • 311
    SHARES
  • अर्घाखाँचीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

    अर्घाखाँची । अर्घाखाँचीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । 

    चैत्र १५ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभयो ।

    यस वर्षको एसईईको परीक्षामा अर्घाखाँचीबाट २ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् । पराजुलीका अनुसार एक हजार ३ सय ९७ छात्र र एक हजार ५ सय ७५ छात्राले एसईई परीक्षा दिँदैछन् ।जसअन्तर्गत २७ छात्र र २७ छात्रा गरी ५४ जनाले परीक्षार्थी ग्रेड वृद्धिका लागि सहभागि हुँदैछन् ।

    परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको छ । अर्घाखाँचीमा जम्मा १७ वटा परीक्षाकेन्द्र तोकिएको इकाई प्रमुख पराजुलीले बताउनुभयो ।

    परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १४८ जना निरीक्षक तोकिएको छ भने सहायक कर्मचारी रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ ।परीक्षालाई शान्त र भयरहित वतावरणमा सम्पन्न गराउन हरेक परीक्षाकेन्द्रमा आवश्यकता अनुसार ४ देखी १० जना सुरक्षाकर्मी परिचालन गरिने छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend