Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालगन्जमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय


१०, चैत २०८०
  • 127
    SHARES
  • नेपालगन्जमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय

    काठमाडौँ - बाँकेको नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय गरिएको छ ।

    घरेलु तथा साना उद्योग महासङ्घ बाँके समेतको आयोजनामा सञ्चालन भइरहेको मेला होलीको सुरक्षाको कारण जिल्ला प्रशासन कार्यालय बाँकेले रोक्ने निर्णय गरेको हो । 

    चैत ६ देखी सञ्चालित मेला १८ गते सम्म सञ्चालन हुँदै छ । नेपालगन्ज उपमहानगरपालिको अनुमतिमा १२ दिन सञ्चालन हुने मेला तराईमा मनाइने फागु पर्व (होली)लाई ध्यान दिएर १२ चैतमा मेला सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले  बताए ।

    रङ्गहरूको पर्व होलीलाई भव्य  र मर्यादित बनाउन सुरक्षा चुनौती रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार एक दिन मेला रोक्ने निर्णय गरिएको हो ।

    विगतमा उद्योग, कृषि, प्रविधि र पर्यटन क्षेत्रहरूको प्रवर्द्धन गर्ने नारा सहित विभिन्न प्रतिष्ठित संस्थाहरूको आयोजनामा  मेला र महोत्सव सञ्चालन हुने गरे पनि त्यस्ता मेला पेशेवर मेला सञ्चालकहरूलाई ठेक्का दिने गरेको आरोप छ । 

    मेला, महोत्सवमा मनोरञ्जनात्मक क्रियाकलाप बाहेक हारजित हुने गरी जुवा र सर्व साधारण ठगिने गतिविधि सञ्चालन भए नभएको अनुगमन गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको प्रजिअ पोखरेलले बताए ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend