Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जथाभावी बाँडिएका एसइई अनुगमन अनुमति पत्र रद्द


१६, चैत २०८०
  • 216
    SHARES
  • जथाभावी बाँडिएका एसइई अनुगमन अनुमति पत्र रद्द

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुगमनका लागि जथाभाबी बाँडिएका अनुमति पत्र रद्द गरेको छ ।

    प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारी बाहेकको अनुगमन अनुमति पत्र बोर्डले रद्द गरेको हो ।

    अनुगमनको नाममा आधिकारिक पदाधिकारी बाहेकका व्यक्ति परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षार्थीहरूलाई असुविधा भएको बोर्डले जनाएको छ ।

    अनुगमन अनुमति रद्द गरेका व्यक्तिको आवश्यकता परेमा पर्यवेक्षण मात्र गर्न लगाउने बोर्डले जनाएको छ ।

    यसअघि प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिले एसइई अनुगमनका लागि विभिन्न व्यक्ति तथा संस्थाका पदाधिकारीहरूलाई अनुमति पत्र दिएका थिए ।

    एसइईका परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बोर्डले जनाएको छ ।

    मर्यादित रूपमा परीक्षा सञ्चालन गराउने व्यवस्था गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वयलाई बोर्डले अनुरोधसमेत गरेको छ ।

  • त्रिविमा परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै

  • राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट : नयाँ कार्यक्रमदेखि ‘पूर्ण डिजिटलाइजेशन’सम्म प्राथमिकता

    जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend