Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा ६२ वर्षीय वृद्ध एसइई परीक्षामा सहभागी


१६, चैत २०८०
  • 313
    SHARES
  • गुल्मीमा ६२ वर्षीय वृद्ध एसइई परीक्षामा सहभागी

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको एक परिक्षा केन्द्रबाट ६२ वर्षीय एक वृद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनुभएको छ।

    गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६, पुर्कोट दह निवासी टीकाबहादुर कुँवर एसइईमा सहभागी हुनुभएको हो।

    मदाने गाउँपालिकाको पुर्कोट दहस्थित पृथ्वी माध्यमिक विद्यालयबाट नियमिततर्फका परिक्षार्थी हुनुभएका उहाँले सोही गाउँपालिकाको वडा नम्बर ४, म्यालपोखरीस्थित मेहेलपोखरी माध्यमिक विद्यालय परिक्षा केन्द्रबाट परिक्षा दिनुभएको केन्द्राध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिनुभयो ।

    पढ्ने चाहना हुँदाहुँदै विशेष परिस्थितिले पढाइ रोकिएको भन्दै आफूले सानो उमेरमा देखेको सपनालाई पूरा गर्न नातीसँगै परीक्षा दिन लागेको परीक्षार्थी कुँवरले जानकारी दिनुभयो। उहाँका नाति अ‌ङ्कित कुँवर पनि पृथ्वी माध्यमिक विद्यालयबाट नियमिततर्फका परिक्षार्थी हुन्।

    जिल्लाबाट यसवर्ष दृष्टिविहीन १ जना र फरक क्षमता भएका १ जना विद्यार्थी पनि सहभागी भएका छन् । यसवर्ष ४ हजार ९७ जना एसईई दिएका छन्।

    अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। जुन यस वर्ष भन्दा ६२५ जना बढी हो । जिल्लाबाट नियमित साधारणतर्फ ३ हजार ७९० जना, नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी र ग्रेड

    वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएका छन् । पहिलो दिन गुल्मीबाट ५३ जना परिक्षार्थी अनुपस्थित गुल्मी समाचारदाता गुल्मी, चैत १५ गते । गुल्मीबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) सहभागी चार हजार ९७ परिक्षार्थीमध्ये पहिलो दिन ५३ जना परिक्षार्थी

    अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो । इकाई प्रमुख मरासिनीका अनुसार आज (बिहीबार) देखि सुरु भएको एसइईमा विभिन्न १२ परिक्षा केन्द्रबाट नियमिततर्फ ४१ जना परिक्षार्थी अनुपस्थित भएका छन् । जसमा छात्रा २१ जना र छात्र २० जना रहेका छन् ।

    ग्रेडवृद्धितर्फ १२ जना परिक्षार्थी अनुपस्थित थिए । यस जिल्लाका १२४ सामुदायिक विद्यालय र १८ संस्थागत विद्यालयका दुई हजार २९ जना छात्रा र दुई हजार १५ जना छात्रले यहाँ रहेका विभिन्न २८ परिक्षा केन्द्रमा सहभागीता भएका उहाँले बताउनुभयो ।

    परीक्षा सञ्चालनका लागि २८ जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष, १६५ जना निरीक्षक, ५६ जना सहायक कर्मचारी र करिब १७० जना सुरक्षाकर्मी परिचालित छन् ।

    परीक्षा शान्त वातावरणमा व्यवस्थित, मर्यादित रुपमा सम्पन्न भएको र यहाँका चार जना परिक्षार्थीले लेखन सहयोगी राखेका इकाई प्रमुख मरासिनीले बताउनुभयो।

    जसमा दुई जना दृष्टिविहीन, एक जनाको दायाँ हात नभएको र एक जनाको दायाँ हात घाइते भएको उहाँले बताउनुभयो।

    शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेलले रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुट्टाले लेखेर परिक्षा दिनुभयो ।

    तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय केन्द्रमा सबैभन्दा बढी परिक्षार्थी सहभागी छन् । जहाँ २५८ जना परिक्षार्थी रहेका छन् । अस्लेवास्थित जनता माध्यमिक विद्यालयमा सबैभन्दा कम परिक्षार्थी सहभागी छन् । जहाँ ७९ जना परिक्षार्थी सहभागी रहेका उहाँले बताउनुभयो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend