Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने


२५, चैत २०८०
  • 168
    SHARES
  • यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने

    काठमाडौँ । विगत १८ वर्षदेखि नियमित प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)को पञ्चाङ्ग (पात्रो) यस वर्ष प्रकाशन नहुने भएको छ । 

    ‘नेपाल संस्कृत विश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो ।

    प्रत्येक वर्ष पात्रो प्रकाशनका लागि ‘पञ्चाङ्ग प्रकाशन समिति’ मार्फत जिम्मेवारी दिने गरेको नेसंविले यसपटक समिति गठन नगर्दा पञ्चाङ्ग निर्णायक समितिले प्रकाशनको अनुमति दिएको छैन ।

    विश्वविद्यालयका उपकूलपति, रजिष्टार र शिक्षाध्यक्षले चासो नदिएका प्रकाशन समिति गठन नभएको भन्दै पञ्चाङ्ग प्रकाशनबाट विमुख हुनु विडम्बनाको विषय भएको वाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुख डा.धनेश्वर नेपालले बताउनुभयो ।

    विश्वविद्यालयका उपकुपतिलाई समिति गठन गरी कामको जिम्मेवारी तोक्न पत्र पठाए पनि कुनै सुनुवाइ नहुँदा पात्रो प्रकाशन अन्योल बनेको उहाँको भनाइ छ ।

    पञ्चाङ्गको गणना, ग्रहगतिको अध्यायन, अनुसन्धान तथा निष्कर्ष सहितको अध्यापन गराउने विश्वविद्यालयले विगत १८ वर्षदेखि प्रकाशन गर्दै आएको पात्रो नियमित प्रकाशन हुनुपर्ने भन्दै यसका लागि आपसी समन्वय गर्नुपर्नेमा प्रा.डा.नेपालले जोड दिनुभयो ।

    संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा.यादवप्रसाद लामिछाने पञ्चाङ्ग समितिले प्रकाशनको अनुमति नदिँदा विश्वविद्यालयको पात्रो प्रकाशन नभएको बताउनुभयो ।

    “पञ्चाङ्ग प्रकाशन नेसंविको प्रतिष्ठाको विषय भएकाले चाँडो निर्णय गरियोस् भनी लिखित पत्रमार्फत पञ्चाङ्ग विकास समितिलाई अनुरोध गरेका थियौँ तर जवाफ आएन”, उहाँले भन्नुभयो, “नेसंवि स्वायत्त र स्वतन्त्र संस्था भएकाले समितिसँग स्वीकृति लिनु आवश्यक नपर्ने हो ।”

    नेसंविका शिक्षाध्यक्ष माधव अधिकारीले विश्वविद्यालय स्वतन्त्र संस्था भएकाले पञ्चाङ्ग निर्णायक समितिले पात्रो प्रकाशनको अनुमति दिनुपर्ने भन्दै अनुमति नपाएकाले नियमित प्रकाशन रोकिएको बताउनुभयो ।  

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले पञ्चाङ्गमा एकरुपता कायम गराउने उद्देश्यले सबै सङ्घसंस्था तथा स्वायत्त निकायलाई पनि अनिवार्य अनुमतिको व्यवस्था गरिएको बताउनुभयो । नेसंविबाट अनुमतिका लागि कुनै पहल नभएको उहाँको भनाइ छ । 

    “सबै मिलेर पञ्चाङ्गमा शुद्धता र एकरुपता ल्याउन सहकार्य गरौंँ भनेका हौंँ, विश्वविद्यालयलाई कुनै कारबाही गरेका छैनौँ”, ढुङ्गेलले भन्नुभयो, “नेपाल सरकारले समितिलाई दिएको जिम्मेवारी अनुसार समितिले काम गरिरहेको छ । उहाँहरुको प्रकाशनलाई हामीले रोकेका होइनौैँ ।” 

    विकास समितिका कार्यकारी निर्देशक ढुङ्गेलका अनुसार सरकारको संस्कृति मन्त्रालयअन्तर्गत गठित विकास समितिले मुलुकभर प्रकाशन हुने पात्रो तथा भित्तेपात्रोमा एकरुपता ल्याउन सबै प्रकाशकले समितिसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नेसंविले प्रक्रिया अगाडि बढाउनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो । 

    ज्योतिषीय गणनाा प्रयोग हुने पाँच अङ्गलाई पञ्चाङ्ग भनिन्छ । काल अर्थात् समय गणनाको विधिलाई सुक्ष्म गणना गरी तयार पारिएको दस्तावेज नै पात्रो हो । पात्रोमा सर्वसाधारणले बुझ्ने गरी ग्रहहरुको गणना र समय निर्धारण गरिएको हुन्छ । 

    संस्कृत विश्वविद्यालय र पञ्चाङ्ग निर्णायक विकास समितिबीच समन्वय नहुँदा १८ वर्षदेखि निरन्तर प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय पञ्चाङ्ग’ अल्पायुमा परेको पात्रो प्रयोगकर्ता बताउँछन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend