Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब


२८, चैत २०८०
  • 204
    SHARES
  • नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब

    काठमाडौं । काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि छ ।

    विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।

    आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ । पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ ।

    एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ ।

    काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

    नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ ।

    यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ ।

    एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

    काठमाडौं उपत्यकासहित देशभर डढेलो लागेको, केही दिनयता पानी नपरेको र हावा पनि जोडले नचलेकाले वायु प्रदूषणको स्तर सुध्रिएको छैन । अहिले पनि पूर्वदेखि पश्चिमसम्मै डढेलो लागिरहेको स्याटलाइट इमेजमा देखिन्छ ।

    आज बिहान पनि काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना नरहेको मौसमविद गोविन्द झाले जानकारी दिए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend