Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यस्ता छन् उपकूलपति बरालले देखेका त्रिविका सवल र दुर्वल पक्षहरु(सोचपत्रसहित)


९, वैशाख २०८१
  • 220
    SHARES
  • यस्ता छन् उपकूलपति बरालले देखेका त्रिविका सवल र दुर्वल पक्षहरु(सोचपत्रसहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा.केशरजंग बरालले त्रिवि सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सोचपत्र सार्वजनिक गरेका छन् ।

    उपकूलपतिमा नियुक्त भएपछि बरालले त्रिविको यथार्थलाई समेटेर सोचपत्र सार्वजनिक गरेका हुन् । उनले सोचपत्रमा त्रिविमा देखिएका विभिन्न समस्या र समधानका उपायसँगै त्रिविलाई रहेको अवसरसमेत उल्लेख गरेका छन् ।

    २३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिता : विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता : आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण : विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अबधारणा राखेका छन् ।

    उनले सोचपत्रमा विद्यार्थीहरूको उत्तीर्ण दर कम हुनु, विश्वविद्यालयको शैक्षिक पात्रो नहुनु, समयमा परीक्षा र परीक्षाफल प्रकाशन नहुनु तथा तोकिएको समयमा शैक्षिक कार्यक्रम नसकिनुले विश्वविद्यालयको गुणस्तर खस्किएको संकेत गरेको स्वीकारेका छन् ।

    त्रिवि र यसका आंगिक क्याम्पसहरू भौतिक रूपमा सम्पन्न भए पनि त्यसको परिचालन र व्यवस्थापन हुन नसकेको उनले स्वीकार गरेका छन् । उपयोग नभएका उपलब्ध भौतिक सुविधाको अधिकतम उपयोग गर्न विद्यार्थीहरूका लागि कमाउ र पढ भन्ने अवधारणा ल्याइने बरालले उल्लेख गरेका छन् ।

    उनले विद्यार्थीहरूबाट उठाइने उठाइएको शुल्क जुन प्रयोजनका लागि उठाइएको हो सोही प्रयोजनमा पारदर्शी रूपमा गरिने पनि जनाएका छ । बरालले आफ्नो सोचपत्रमा अनुसन्धान र परामर्शमा शिक्षक र विद्यार्थीहरूलाई संलग्न गराउन अनुसन्धान र परामर्शको कार्यलाई संस्थागत गर्ने पनि उल्लेख गरेका छन् ।

    उपकूलपति बरालले सोचपत्रमा विभिन्न कारणले गुणस्तर खस्कँदै गएको त्रिविका सवल र दूर्वल पक्षहरु पनि उल्लेख गरेका छन् ।

    उनले उल्लेख गरेका त्रिविका सवल पक्षहरु यस्ता छन् ।

    • केन्द्रीय कार्यालय, संकाय, अध्ययन संस्थानहरू, अनुसन्धान केन्द्र तथा अन्य कार्यालयको लागि आवश्यक जग्गा र भौतिक सुविधा सापेक्ष रुपमा पर्याप्त
    • आवश्यक शिक्षक आवश्यक्ता अनुरुप उपलब्धता
    • शैक्षिक कार्यक्रमहरूमा विविधिकरणतुलनात्मक रुपमा धेरै विद्यार्थी संख्या
    • विश्वविद्यालय र आङ्गिक क्याम्पसहरूको जग्गा व्यवसायिक रुपले महत्वपूर्ण स्थानमा भएकोले आय आर्जन गर्ने उद्देश्यले जग्गाको उपयोग गर्न सकिने
    • भौगोलिक र प्रादेशिक रुपमा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको व्यापकता
    • उच्च शिक्षाको ब्राण्ड, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त र अन्तर्राष्ट्रिय सञ्जाल

    उपकुलपति बरालले औल्याएका त्रिविका दुर्वल पक्षहरु

    • विश्वविद्यालयको पदाधिकारीहरूको नियुक्ती प्रणालीगत रुपमा नहुनु
    • विश्वविद्यालयको कमजोर शैक्षिक र परीक्षाको व्यवस्थापन
    • विश्वविद्यालयमा आवश्यक जनशक्तीको उचित व्यवस्थापन नहुनु
    • विश्वविद्यालयलाई परीणाममुखी र उत्पादनमुखी अनुसन्धानको लागि आवश्यक बजेटको अभाव
    • शिक्षकहरूको र पठनपाठनको लागि आवश्यक न्यूनतम भौतिक सुविधाको अभाव
    • नेपाल सरकारको अनुदानमा अधिक्तम निर्भर हुनुर आन्तरिक स्रोत परिचालन कमजोर हुनु
    • विद्यार्थीहरूलाई तोकिएको समय भित्र प्रभावकारी रुपमा गुणस्तरीय शिक्षा दिन नसक्नु
    • विश्वविद्यालयमा ज्ञान र प्रविधिको उत्पादन र हस्तान्तरणको अभाव
    • विश्वविद्यालयको अध्ययन र अध्यापन उत्पादन र बजारसंग नजोडिनु
    • शैक्षिक र प्रशासनिक व्यवस्थापन कमजोर हुनु
    • राजनैतिक हस्तक्षेप, विद्यार्थी, शिक्षक र कर्मचारीहरूमा दलिय राजनीतिको कारणले गर्दा उचित शैक्षिक वातावरण नहुनु

    बरालले देखेका त्रिविले सामना गरिरहेका चुनौतीहरु

    • दलिय राजनैतिक हस्तक्षेप र दलिय भातृसंगठनहरू र पेशागत संगठनहरूको हस्तक्षेप
    • स्वदेशी र विदेशी विश्वविद्यालयहरूसंगको प्रतिष्पर्धा
    • उच्च शिक्षा पढ्ने उमेर (१८ वर्ष देखि २२ वर्ष) को जनसंख्या उच्च शिक्षाको साथसाथै रोजगारको लागि विदेशिने संख्या बढ्दै गएको कारण घट्दो विद्यार्थी संख्या
    • वित्तिय समस्या

    सोचपत्रसहित हेर्नको लागि तलको Link मा Click गर्नुहोस :

    त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा.केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र .pdf :To download file click here

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend