Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय निर्वाचनले पोखरा पर्यटन प्रभावित


१३, वैशाख २०८१
  • 219
    SHARES
  • भारतीय निर्वाचनले पोखरा पर्यटन प्रभावित

    पोखरा । पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्यटनमा कमी आएको छ ।

    भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको थियो ।

    चैतदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोक सभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।

    वाराहीघाटको आरतीमा सामेल भएकी भारतको महाराष्ट्रकी अमृता पाटिलले आफूलाई निर्वाचनभन्दा पनि नेपाल घुम्न मन भएर आएको बताईन ।

    उनले पोखरा निकै राम्रो रहेको सुनाईन । आफ्ना धेरै साथीले निर्वाचनका कारण नेपालको भ्रमण हाललाई स्थगित गरेको अर्का भारतीय पर्यटक सुभाष श्रीवास्तवले बताए ।

    एकातर्फ सहासिक पर्यटकको हिस्सा भारतीय पर्यटकले लिइरहेको अवस्थामा धार्मिक पर्यटक जसमा मुक्तिनाथसम्म पुग्ने पर्यटकमध्येमा पनि भारतीय पर्यटकको सङ्ख्या नै अधिक हुने गरेको टार्भल एसोसियसन पोखराका अध्यक्ष धर्मराज पन्थीले बताए ।

    निर्वाचनमा कतिपय भारतीयका लागि सरकारी तवरबाटै सीमानाकामा हुने सुरक्षा बन्दका कारण पर्यटकहरू प्रभावित भएको पन्थीको भनाइ छ ।

    अहिलेको यो समयमा भारतबाट बालबच्चा र परिवारसहित पोखरा घुम्न आउने भएकाले यहाँको पर्यटन बजारलाई केही चलायमान गराउँदै आएको थियो । झन्डै दुई हप्ताको समयमा भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि यहाँका होटल, रेष्टुराँलगायत अन्य क्षेत्रमा प्रभाव परेको अर्का पर्यटन व्यवसायी बच्चुराम तिवारीले जानकारी दिए ।

    वरपिपल होटलका सञ्चालक जित गुरुङले अघिल्ला वर्षमा यो मौसममा भारतीय पर्यटकले भरिभराउ हुने होटल निर्वाचनका कारण प्रभावित भएको बताए । अहिले आफ्नो होटलमा १० प्रतिशत मात्र भारतीय पर्यटक रहेको बताए । 

    नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा आन्तरिक र बाह्य गरी वार्षिक १५ लाखभन्दा बढी पर्यटक आउने गरेकोमा चारदेखि पाँच लाखको सङ्ख्यामा भारतीय पर्यटक रहेका हुन्छन् भने तेस्रो मुलुकबाट आउनेको सङ्ख्या ३० प्रतिशत रहने बताए ।

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि पोखरा आउने पर्यटकका लागि हवाई टिकट महँगो हुनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीदेखि नारायणगढ र मुग्लिङदेखि पोखरासम्मको सडक समयमै निर्माण हुन नसक्नु पोखराका पर्यटन क्षेत्रका लागि अर्को दुर्भाग्य भएको पर्यटन व्यवसायी गणेश भट्टराईको भनाइ छ ।  

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend