Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि


१४, वैशाख २०८१
  • 238
    SHARES
  • बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि

    भैरहवा । रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ्दै गएको हो । 

    स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन । पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताका अनुसार भारतीय पर्यटकको आवागमन पनि पछिल्लो समय बाक्लिएको छ ।

    बेलहिया नाका नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । राहदानी प्रयोग गर्ने विदेशी पर्यटक सबैभन्दा बढी यही नाका हुँदै आउने गर्छन् । यो नाका हुँदै आउने भारतीयको कुनै तथ्याङ्क नराखिएकाले यति भारतीय नेपालमा आए भन्न सकिँदैन तर पछिल्लो तीन महिनामा ५० हजारभन्दा बढी भारतीय यो नाका हुँदै नेपालका विभिन्न स्थानमा घुम्न गएको पर्यटन व्यवसायीको अनुमान छ ।

    अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठका अनुसार कोरोना सङ्क्रमणपछि रोकिएको पर्यटक आगमन बिस्तारै लयमा फर्कंदै गएको छ ।

    कोरोना सङ्क्रमणपछि सुस्ताएको पर्यटक आगमनदर बिस्तारै वृद्धि हुँदै गएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार सन् २०२४ को फेब्रुअरीमा यो नाका हुँदै १४ हजार १२५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएकामा मार्चमा यो सङ्ख्या वृद्धि भई १७ हजार २१४ पुगेको छ ।

    उहाँका अनुसार यो नाका हुँदै जनवरी, फेब्रुअरी र मार्चमा सबैभन्दा बढी पर्यटक थाइल्यान्डबाट ११ हजार ६६८ जना आएका छन् भने श्रीलङ्काका आठ हजार ९८६, म्यान्मारका छ हजार ९१५, दक्षिण कोरियाका दुई हजार १५५, भियतनामका दुई हजार ४१९ लगायत विभिन्न १२० भन्दा बढी मुलुकका पर्यटक स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल घुम्न आएका छन् ।

    लुम्बिनी विकास कोषका अनुसार २०२४ को पहिलो तीन महिनामा ४२ हजार ४७४ विदेशी नागरिकले लुम्बिनी भ्रमण गरेका छन् । यति धेरै विदेशी र भारतीय पर्यटक लुम्बिनी घुम्न पुगे पनि उनीहरूको बसाइ अवधि मुस्किलले एक रातको र त्यसमा पनि लुम्बिनीभित्रका विहारमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    लुम्बिनी विकास कोषले गएको तीन महिनामा मात्रै लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या ७० हजारभन्दा बढी भएको जनाएको छ । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०२४ को जनवरीमा १९ हजार ३६, फेब्रुअरीमा २० हजार ४८९ र मार्चमा ३० हजार ६७० जना भारतीय पर्यटकले लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाएका छन् ।

    सिद्धार्थ होटल सङ्घका अध्यक्ष एवं हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी) का अनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकको मुख्य भ्रमण गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी, पोखरा, मुक्तिनाथ, काठमाडौँ, चितवन, पाल्पा हो । धेरै भारतीय क्यासिनोमा रमाउन भैरहवा र वरपर आउने गरेका छन् ।

    श्रेष्ठले भने, “स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई नेपालमा यात्रा सहज गराउने, बाटो बाटोमा चेकजाँचका नाममा दुःख नदिई भन्सार बिन्दुमै सबै काम र चेकजाँच गरी अन्यत्र चेक गर्न नपर्ने जस्ता काम भए भारतीय पर्यटक अझ बढी आउँछन् ।”   

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend