Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आइतवारदेखि ७ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने


१४, वैशाख २०८१
  • 232
    SHARES
  • आइतवारदेखि ७ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

    काठमाण्डाै – सरकारले पर्सि आइतवारदेखि सात वटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

    हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी ‘आम औषधि सेवन अभियान’ सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो ।

    यसअघि ती जिल्लामा ‘आम औषधि सेवन अभियान’ सञ्चालन गरे पनि अभियानको उद्देश्य पूर्णरूपमा सफल नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो ।

    अभियान दुई हप्तासम्म चल्नेछ । औषधि खुवाउन छ हजार जना स्वास्थ्यकर्मी र पाँच हजार आठ सय जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ ।

    डा. मरासिनीका अनुसार सात वटा जिल्लाका एक सय एक वटा पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

    दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने पनि निर्देशक डा. मरासिनीले बताउनुभयो ।

    हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका लक्षण शरीरमा देखिने डा. मरासिनीले बताउनुभयो ।

    महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ वटा जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताउनुभयो । उहाँका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend