Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने


२२, वैशाख २०८१
  • 237
    SHARES
  • डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

    कोपेनहेगन । डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएको छ ।

    धेरै मुलुकले गर्भपतनसम्मको पहुँचलाई प्रतिबन्ध लगाउन खोजिरहेका बेला डेनमार्कमा यस्तो कदम चालिएको छ । स्वास्थ्यमन्त्री सोफी लोहडेले भने, ‘५० वर्षपछि गर्भपतनलाई नियन्त्रित गर्ने नियमहरू परिवर्तन गर्ने र महिलाको निर्णय गर्ने अधिकारलाई बलियो बनाउने समय आएको छ ।’

    डेनिस मेडिकल एसोसिएसनका प्रमुख क्यामिला रथकेले समाचार एजेन्सी रिट्जाउलाई भने, ‘अब महिलाहरूसँग के गर्ने भन्नेबारे सोच्ने समय र अधिकार हुनेछ ।’ यसका अतिरिक्त १५ देखि १७ वर्ष उमेरका किशोरहरूलाई आफ्ना आमाबुबाको सहमतिबिना गर्भपतन गर्न अनुमति दिइने छ ।

    विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो ।

    १८ साताको सीमाले अहिले पनि २२ साता वरपर भ्रूणको व्यवहार्यताका लागि धेरै मार्जिन छोड्छ’, समितिले उक्त समयमा भनेको थियो । वामपन्थी–दक्षिणपन्थी सरकारले सन् २०२४/२०२५ को संसद् अधिवेशनमा विधेयक प्रस्तुत गर्नेछ ।

    विधेयकलाई वामपन्थीका सबै विपक्षी दलको समर्थन छ र यसलाई ठूलो बहुमतका साथ ग्रहण गरिने अपेक्षा गरिएको छ । विधेयक स्वीकृत भयो भने नयाँ कानून सन् २०२५ जुन १ मा लागु हुने अपेक्षा गरिएको छ । पश्चिम युरोपमा गर्भपतनलाई अनुमति दिने पछिल्ला मुलुकहरूमा बेलायत र नेदरल्यान्ड्समा २४ साता र आइसल्यान्डमा २२ साता रहेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend