Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक


२३, वैशाख २०८१
  • 185
    SHARES
  • निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको हो ।

    सरकारले अहिले विद्यालयलाई आधारभूत र मावि गरेर दुई तहमा विभाजन गरेको छ । तर पनि आयोगले चाहिं पुरानै व्यवस्था अनुसार प्रावि, निमावि र मावि तहअनुसार शिक्षक पदपूर्ति गर्दै आएको छ ।

    निमावि तहका शिक्षकले कक्षा ८ सम्म पठाउन पाउँछन् ।

    नतिजा अनुसार कोशी प्रदेशमा १४ हजार ६७७ सहभागीमध्ये ३ हजार ७४३ जना, मधेश प्रदेशमा ४ हजार ५८५ सहभागीमध्ये १ हजार १९७ जना, बागमती प्रदेशमा १२ हजार ५०६ परीक्षार्थीमध्ये ३ हजार ८३२ जनाले सामान्यतर्फको लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

    त्यस्तै गण्डकी प्रदेशका ११ हजार ९४५ परीक्षार्थीमध्ये ३ हजार ५३४ जना, लुम्बिनी प्रदेशका १० हजार २७१ परीक्षार्थीमध्ये, २ हजार ८२० जना, कर्णाली प्रदेशका २ हजार ६४१ परीक्षार्थीमध्ये ६८७ जना र सुदूरपश्चिम प्रदेशका ६ हजार ९०९ परीक्षार्थीमध्ये १ हजार ७९६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

    उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा ८ भदौमा हुनेछ ।

    आयोगका अनुसार कोशी प्रदेशको मोरङ जिल्लामा, मधेशको धनुषामा, बागमतीको मकवानपुरमा, लुम्बिनीको दाङमा, गण्डकीको कास्कीमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको कैलालीमा विषयगत लिखित परीक्षा हुने आयोगले जनाएको छ ।

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend