Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम


२६, वैशाख २०८१
  • 176
    SHARES
  • शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ ।

    विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो । त्यसमा विद्यार्थी एवं शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धि तालिम गराइएको थियो ।

    कालिका मानविज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश ओलीले दुई दिनसम्म व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी एवं एक दिन अभिभावक, व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणा तालिम दिएका थिए । तालिमको अन्तिम दिन विद्यार्थीहरुले आफ्ना अभिभावकलाई टीका र माला लगाएर सम्मान गरेका थिए ।

    नेपाली संस्कृतिअनुसार अभिभावकलाई छात्रहरुले ढोग र छात्राहरुले नमस्कारले सम्मान गरेका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले पछिल्लो समय विद्यालय परिवार शैक्षिक गुणस्तर सुधार्न लागिपरेको बताए ।

    “तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलगायत धेरै विषयमा जानकारी प्राप्त भएको छ”, प्रधानाध्यापक खत्रीले भने, “सबै कक्षामा शत्प्रतिशत नजिता ल्याउन र विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।”

    शिक्षकले मात्र विद्यालयको गुणस्तर सुधार्न नसकिने भएकाले अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिलाई थप जिम्मेवारी बनाउन उत्प्रेरणा तालिमको आयोजना गरिएको प्रधानाध्यापक खत्रीले बताए ।

    पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताए । आफूहरु सिङ्गो पालिकाको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै त्यसमा पालुखा माविले अग्रता देखाएकामा विद्यालयलाई धन्यवाद दिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend