Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

त्रिवि सेवा आयोगका सदस्यमा प्राडा अजय भट्टराई नियुक्त


२, जेठ २०८१
  • 244
    SHARES
  • त्रिवि सेवा आयोगका सदस्यमा प्राडा अजय भट्टराई नियुक्त

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।

    शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सदस्य सिफारिस समितिले भट्टराईलाई सिफारिस गरेको थियो । कुलपति प्रचण्डले समितिको सिफारिस अनुसार नै नियुक्त गरेका हुन् । उनीसँगै प्राडा सञ्जय आचार्य वैकल्पिकमा परेका थिए ।

    सदस्यका लागि ८ जनाले आवेदन दिएका थिए । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । सोही आधारमा ८ जनाले आवेदन दिएका थिए ।

    आयोगको अध्यक्षमा गत भदौमा प्रा.डा घनश्याम भट्टराई नियुक्त भएका थिए । सदस्यका लागि प्राडाहरू खगेन्द्र प्रसाद लुइँटेल, राजनारायण यादव, मुकुन्द प्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको थियो ।

    प्रस्तुतीकरण, अन्तर्वार्ता र सिफारिसपछि उनीहरूमध्ये भट्टराईलाई सिफारिस गरेको थियो । त्रिविमा शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न ३ सदस्यीय आयोग हुने व्यवस्था छ ।

    आयोगको अध्यक्ष र एक सदस्य कुलपतिले नियुक्त गर्छन् भने एक सदस्य लोक सेवा आयोगका सदस्यबाट चयन गरिन्छ । कुलपतिबाट नियुक्त हुने अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुने व्यवस्था छ ।

    आयोगको सदस्य पद गत मङ्सिरदेखि रिक्त थियो । सदस्य पद रिक्त हुँदा आयोगले लामो समयदेखि पदपूर्ति गर्न सकेको थिएन । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend