Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एमबिबिएस पढाउने तयारीमा प्रतिष्ठान


९, जेठ २०८१
  • 158
    SHARES
  • एमबिबिएस पढाउने तयारीमा प्रतिष्ठान

    घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको सात वर्षपछि एमबिबिएस तहको अध्यापन गराउने तयारी गरेको छ ।

    आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबिबिएस कार्यक्रमको पाठ्यक्रमसमेत तयार गरेको छ ।

    चिकित्सा शिक्षा आयोगसहित आठ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिएका छन ।

    उनका अनुसार यही शैक्षिक सत्रदेखि नै एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, अत्याधुनिक ल्याब, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठान जुटेको छ ।

    एमबिबिएसकै लागि फ्याकल्टी निर्माणदेखि लेक्चरर, असिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र प्रोफेसरलाई प्रतिष्ठानमा ल्याउने काम भइरहेको छ ।

    रजिस्ट्रार लम्सालले भने, “सकेसम्म यही शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालनको तयारी गरेका छौँ, महत्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, अब अन्तिम रूप दिइन्छ ।”  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend