Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न त्रिविको सुझाव माग


१०, जेठ २०८१
  • 195
    SHARES
  • समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न त्रिविको सुझाव माग

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यताका लागि अध्ययन गर्न सुझाव माग गरेको छ ।

    उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो ।

    उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्नका त्रिविले समिति गठन गरेको थियो ।

    उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ ।

    उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् । ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।

    त्रिविको उक्त कार्यको शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशंसा गरेकी छन् । यो विषयमा त्रिविका पदाधिकारीहरूसँग विभिन्न चरणमा छलफल गरेको उनको भनाइ छ ।

    समकक्षता प्रमाणपत्रबारे विभिन्न खालका गुनासो आउने गरेको भन्दै ती गुनासोहरूको सम्बोधन गर्न मन्त्रीले त्रिविलाई आग्रह गरेकी थिइन् । त्रिवि सुधारको यो पहलले आफूलाई उत्साही बनाएको भन्दै मन्त्री श्रेष्ठले सामूहिक प्रयत्नबाटै परिवर्तन सम्भव छ भन्नेमा विश्वस्त रहेको बताइन् । 

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend